गोरखा, शनिबार, १७ वैशाख २०७९ । निर्वाचन अधिकृतको कार्यालय पालुङटार नगरपालिका गोरखाले सम्पूर्ण उमेदवारहरुको चुनाव चिन्न प्रदान गरेको छ ।
आज शनिबार नेपाली काँग्रेसका ५२ जानै उम्मेदवारले आफ्नो चुनाव चिन्न ‘ रुख’ पाएका छन् भने नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका ५२ जनाकै नाम समेत समावेश भएको छ ।
पालुङटार नगरपालिकाका मेयर उमेदवार ई. दिपक बाबु कँडेलको नेतृत्वमा रहेको ५२ जनाको नाम यथावत रहने र कुनै पनि कारणले सूचीबाट फेर बदल नहुने निर्वाचन अधिकृतको कार्यालय पालुङटारले जनाएको छ ।









































