गोरखा, शनिबार, १७ वैसाख २०७९ । गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल हुने भएको छ ।
दुई दलविच पलिका केन्द्रको अध्यक्ष र उपाध्यक्षमा तालमेल भएको हो । पालिका अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना `साकार´ र उपाध्यक्षमा जसपाबाट भिम प्रसाद श्रेष्ठ चुनावीमा होमिने सहमति भएको छ । पालिका केन्द्रमा मिलेर जाने दुई दलबीच आन्तरिक लिखित सहमति भइसकेको छ । सहमति अनुसार उम्मेदवारी दर्ता गराएका माओवादी र जसपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
माओवादीबाट उपाध्यक्षका उम्मेदवार पार्वती गुरुङ र जसपाका अध्यक्षका सनमाया आलेले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको हो ।
गण्डकी गाउँपालिकामा माओवादी र जसपाविच पालिका केन्द्रमा तालमेल गर्ने सहमति भयो´ जसपा गण्डकीका नेता कुमार तिवारीले जानकारी दिनुभयो ।अब हामी सहमति कार्यान्वयन गरेर हामी सयुक्त रुपमा चुनावमा होमिन्छौ´, उहाँले भन्नुभयो ।
गण्डकी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष जसपालाई दिनेगरी सहमति भएको माओवादी केन्द्र गण्डकी गाउँपलिकाका अध्यक्ष सिताराम रसाइलीले जानकारी दिनुभयो ।








































