गोरखा, गोरखामा स्थानीय तहको निर्वाचनको मनोमय सकिए संगै दावी बिरोधको क्रममा गोरखा जिल्ला धार्चे गाउँपालिकामा नेकपा एकीकृत माओवादीका उमेदवार लक्ष्मण गुरुङ स्थानीय ठेकेदार समेत हुन ।
स्थानीय तहको निर्वाचनमा स्थानीय ठेकेदार उमेदवार हुन नपाइने प्राबधान छ । सोही आधारमा माछिखोला स्थानीय निर्वाचन कार्यालयमा उजुरी दिदा उजुरी फायल नै वाईसिएल कार्यकर्ताले च्यातीदिएका छन ।
वाईसिएलका नेता पुनम गुरुङ र शुशिल गुरुङ्ले निर्बाचन कार्यलयको दर्ता किताब च्यातेका हुन् । उजुरी फायल च्यातने लाई कुनै पनि कारबाही नभएको र स्थानिय प्रसासन मुख दर्शक बनेको छ ।
निर्वाचन अधिकृतले समेत सामन्य सम्झी जिल्लामा समेत जानकारी नगराएको र उजुरी कर्ताले उजुरीको सुनुवाई माग गर्दा उल्टै जिल्ला गलत सुचना दिईएको स्थानीय तरुण दलका नेता बताउछन ।
माओवादी उमेदवार १४ गते मात्र ठेकेदार कम्पनी शेयर नरहेको निर्णयको माईनोट पेस गरेका हुन् भने कम्पनी को पान नं उनकै नाममा रहेको छ ।
अधुरो अपुरो काग्जात पेश गरेको, १३ गते मुद्दा हालेको र १४ गते बल्ल शेयर लगत कटटा को कागज मिलाको हो ।
कांग्रेसबाट सन्तोष गुरुङ माओवादीबाट लक्ष्मण गुरुङ र एमाले बाट सुक बहादुर घलेको धार्चेमा अध्यक्षमा कडा प्रतिस्पर्धा रहेको छ ।















































