काठमाडौं, १४ बुधबार २०७९ । नेपाल तरुण दल केन्द्रिय समितीद्वारा आयोजित बर्तमान अवस्थामा तरुण दलको भुमिका एबम बृहत तरुण भेलालाइ सम्बोधन नेपाल तरुण दल केन्द्रिय अध्यक्ष विद्वान गुरुङले गर्नु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गुरुङले तरुण दल केन्द्रिय समितीले वान बूथ हन्ड्रेड युथ को अवधारणा ल्याउने बताउनु भयो ।
देशैभरिका आम तरुण हरुलाई नेपाली काङ्ग्रेसको उम्मेद्वार लाइ जिताउन अध्यक्ष गुरुङले कृयाशिल हुन निर्देशन दिनु भएको छ ।
आम जनतालाइ उहाँले लोकतन्त्र रोज्ने कि ओलितन्त्र रोज्ने अब बेला भएको बताउनुभयो ।
नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले आफ्नो कार्यकालमा सबै तहको चुनावमा उम्मेदवारलाई विजयी गराइ छाड्ने कसम खाए ।
सबै उपस्थित तरुणहरुलाइ धन्यवाद दिदै अध्यक्ष गुरुङले स्थानिय तहको गठवन्धनको उम्मेद्वारलाई जिताउन परिचालित हुन निर्देशन दिनुभयो ।








































