Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३३:५८ दिउँसो
- ADVERTISEMENT -

तनहुँमा पुरानै अनुहारको उम्मेद्‌वारी

प्रकाशित मिति: २०७९ वैशाख १३, मंगलबार

579
Shares

तनहुँ, १३ वैशाख २०७९ । जिल्लाका १० वटै स्थानीय तहमा सोमबार तामझामका साथ मनोनयन दर्ता भएको छ । आइतबार दिनभर सुनसान बनेको स्थानीय निर्वाचन अधिकृतको कार्यालय सोमबार अन्तिम समयमा ठूला दलका उम्मेद्वारको भिड लाग्यो । ठुला दल बाजागाजासहित दर्तास्थल सम्म पुगेर मनोनय दर्ता गराए । सोमबार राती अबेरसम्म उम्मेद्वारको मनोनयन दर्ता भएको थियो ।

उम्मेद्वार छनोटमा विवाद हुदाँ अन्तिम समयसम्म पनि रस्साकस्सी थियो सबै जसो दलमा । सत्ता साझेदार दलले गठबन्धन गर्ने भनिएपनि केही स्थानीय तहमा मात्र गठबन्धन गरेर उम्मेद्वारी दर्ता गरिएको छ । सबै जसो दलहरुले स्थानीय तहको प्रमुख उपप्रमुखमा अघिल्लो पटक निर्वाचित भएकालाई दोहो¥याएका छन् । निर्वाचित पुरानै अनुहार दोह-याउनेमा नेपाली कांग्रेस अगाडी छ ।

कांग्रेसले जिल्लाको म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना र उपाध्यक्षमा बालकृष्ण घिमिरेलाई दोहोर्‍याउँदै मनोनयन दर्ता गराएको छ । ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि दोहोर्‍याउने सुरमा छन् । अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापाले मनोनयन दर्ता गराएका छन् । कांग्रेसले व्यास नगरपालिकाको मेयरमा बैकुण्ठ न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा गिरबहादुर थापालाई दोहोर्‍याउँदै मनोनयन दर्ता गराएको छ ।

एमालेले देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा, भिमाद नगरपालिकाको उपमेयरमा शारदा खनाललाई दोहोर्‍याउदैँ मनोनयन दर्ता गराएको छ । माओवादी केन्द्रबाट बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङले मनोनयन दर्ता गराएका छन् । यी दुवै अघिल्लो निर्वाचनमा विजयी भएका थिए ।

अघिल्लो निर्वाचनमा पराजित भएका उम्मेद्वारहरूमा पनि यसपालि फेरि दोहोरिएका छन् । एमालेले म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरेले दोहोर्‍याएको छ । देवघाट गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेले सावित्रा न्यौपानेलाई दोहोर्‍याएको छ । उनी अघिल्लो पटकको निर्वाचनमा कांग्रेसकी विमला थापासँग एक मतान्तरले पराजित भएकी थिइन् । आँबुखैरेनीको उपाध्यक्षमा एमालेकी मिना अधिकारीले उम्मेद्वारी दिएकी छन् । उनी पनि अघिल्लो निर्वाचनमा उपाध्यक्षमै पराजित भएकी थिइन् ।

देवघाटमा माओवादीले अध्यक्ष उपाध्यक्ष अघिल्लो पटककै दोहोर्‍याएको छ । तर, हेरफेर गरेर दोहोर्‍याएको छ । अध्यक्षमा सुशीला नेपाल र उपाध्यक्षमा भुवनसिंह गुरुङले मनोनयन दर्ता गराएका हुन् ।

गएको निर्वाचनमा व्यास नगरपालिकाको मेयरमा पराजित भएका शंकरनारायाण श्रेष्ठले यसपाली एकिकृत समाजवादीको तर्फबाट मेयरमै मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्रबाट गएको निर्वाचनमा उपमेयरमा पराजित अतिन्द्रकेशरी न्यौपानेले पनि मेयरमा उम्मेद्वारी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -