गोरखा, मंगलबार, १३ वैशाख २०७९ । स्थानिय निर्वाचन वैशाख-३० गते तोकिसँगै यतिबेला सबै दलहरुले स्थानीय तहमा राम्रो छवि बनाएका नेताहरुलाई टिकट दिएको छ । यसै क्रममा गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा पनि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले टिकट दिएको छ ।
लामो समयदेखि माओवादी केन्द्रको विचार र सिद्धान्तलाई आत्मसात लिएर हिँडेका नवराज पुडासैनी ‘गुराँस’ ले हात पारेका छन् । पार्टीबाट सिरानचोक गाउँपालिकाको अध्यक्षमा टिकट पाउँने बित्तिकै गुराँस मनोनयन दर्ता गर्न गएका थिए ।
गुरास २०७४ सालको स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिका अध्यक्षमा जिल्लामै सबैभन्दा थोरै मतान्तरले पराजित भएका थिए। उनले ३२३५ मत ल्याउदा कांग्रेसबाट बिजयी उमेद्वार राजु गुरुङले ३४०२ मत प्राप्त गरेका थिए । जहाँ माओवादीबाटै विभाजित भएको नयाँ शक्तिको उम्मेदवार महेश कुमार गुरुङ्गले १४३१ मत प्राप्त गरेका थिए । अहिले तत्कालिन नयाँ शक्तिका अधिकांश नेताकार्यकर्ता माओवादी केन्द्रमा फर्किएकाले समेत सिरानचोक गाउँपालिका माओवादी केन्द्रको बलियो पकड क्षेत्र मानिन्छ ।
निर्वाचनमा पराजित भएपनि ‘गुराँस’ निरन्तर गाउँपालिकामा जनसेवामा सक्रिय रहदै आएका छन् । स्थानीय जनताको सुखदु:खको सारथी बन्दै आएका उनि जनताको काम भनेपछि जतिसुकै बेला तयार हुने गरेको स्थानीय बताउछन् ।
यो पटक गुराँसले जित्न सक्ने सम्भावना तीव्र रहेको छ । सिरानचोक गाउँपालिकाका जनताहरु गुराँसको पक्षमा उभिएका छन् । विद्यार्थी र युवाहरुको पनि साथ भएको कारणले जित्न सक्ने सम्भावना झन् प्रबल छ ।








































