Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२०:४० बिहान
- ADVERTISEMENT -

गठबन्धनले कांग्रेसमा कलह : देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म

प्रकाशित मिति: २०७९ वैशाख १०, शनिबार

457
Shares

काठमाडौं, शनिबार, १० वैशाख २०७९ । स्थानीय तह निर्वाचका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । कांग्रेसका स्थानिय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् ।

३० वैशाखमा हुन गईरहेको निर्वाचनका लागि पार्टीको विजय सुनिश्चित हुँदाहुँदै पनि गठबन्धनको नाममा अन्य दललाई नै भागवन्डामा पारिदिएको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको हो । विशषतः नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले माग नगरेका क्षेत्रमा पनि भागबण्डा गरेर कांग्रेसको संगठन कमजोर बनाएको भन्दै स्थानीय तहमा राजीनामा र तालाबन्दीको लहर चलेको छ ।

चितवन
भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रको भागमा दिने निर्णय अघि र पछि चितवन कांग्रेसले विरोध र आपत्ति जनाउँदै आएको थियो । तर, केन्द्रिय गठबन्धनले स्थानीय तहको आग्रहविपरित भरतपुर माओवादीलाई दिएपछि चितवन कांग्रेसमा बिग्रह भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निर्णयप्रति आपत्ति जनाउँदै चितवन जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा शुक्रवार तालाबन्दी गरिएको छ ।

केन्द्रीय सदस्य टेकबहादुर गुरुङ, दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेललगायतका नेताहरूको उपस्थितिमा सो तालाबन्दी गर्दै केन्द्रिय निर्णय सच्चाउन माग गरेका छन । २ सय ५० भन्दा बढी कार्यकर्ताले सामुहिक राजिनामा दिँदै स्वतन्त्र अभियानको घोषणा गरिसकेका छन् ।

जनकपुर
जनता समाजवादी पार्टीलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरको भागवण्डा पारेको भन्दै नगर सभापति मनोजकुमार साहसहित २ सय ५० जना भन्दा बढीले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।

शुक्रवार जनकपुरधारमा पत्रकार सम्मेलन गर्दै नगरसभापति साहले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिने घोषणालाई नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष विरेन्द्र यादव, जनकपुरधाम–१५ का वडा सभापति नन्दलाल साहसहितले साथ दिएका छन् ।

कैलाली
कांग्रेसको नेतृत्व छाडेर अन्यलाई टिकट दिएको भन्दै कैलालीस्थित धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना क्रियाशिल सदस्यले सामूहिक राजीनामाको घोषणा गरिसकेका छन् । नगर सभापति यज्ञराज उपाध्यायसमक्ष बुझाएको राजीनामा पत्रमा पार्टीको साधारणसमेत नरहने गरी कांग्रेस परित्याग गरी स्वतन्त्र रहन चाहेको उल्लेख छ ।

वीरगंज
वीरगंज महानगरपालिकासहित पर्साका १६ वटै स्थानीय तहमा कांग्रेस एक्लै लडने निर्णयसहित नगर समितिले पत्रकार सम्मेलनमार्फत घोषणा नै गरिसकेका छन् ।

मधेस प्रदेशको १ मात्र महानगर वीरगंज जसपा नेपाललाई दिने संकेत पाउने बितिक्किै अघिल्लो बुधवार पत्रकारसम्मेलन नै गरेर कांग्रेसले पर्सामा एक्लै चुनाव लड्ने निर्णय गरिसकेको थियो । १ वैशाखमा जिल्ला समितिको बैठकले पर्सामा कांग्रेस एक्लै चुनाव लडने निर्णय गरेको जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी गराईसकेका छन् । पर्सामा १ महानगरपालिका, ४ नगरपालिका र १० गाउँपालिका छन् ।

सो निर्णयलगत्तै ३ वैशाखमा बसेको कांग्रेस र जसपा नेपालको संयुक्त बैठकले अलग अलग रुपमा मित्रवत प्रतिस्पर्धाका आधारमा निर्वाचन लडने निर्णय गरेका थिए । सो निर्णयमा कांग्रेसका जिल्ला सभापति क्षेत्री र जसपा नेपालका रामनरेश प्रसाद यादवले हस्ताक्षरसमेत गरिसकेका छन् ।

हेटौडा
माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले माग नगर्दा पनि सो पार्टीलाई हेटौडा भागवन्डामा पारेको भन्दै मकवानपुर कांग्रेस आक्रोशित हुन पुगेको छ ।

हेटौडालगायत अन्य स्थानीय तहको भागवण्डाका लागि गत बिहीबार बसेको पाँच दलीय गठबन्धनको बैठक निष्कर्षबिहीन भएपछि पुनः शुक्रवार बोलाईएको थियो । तर, शुक्रवार हेटौंडामा बैठक बस्न सकेन ।

नेकपा एसलाई हेटौडा दिने देखिएपछि गत ६ वैशाखमा तालावन्दीसमेत गरिएको थियो । कांगे्रेस नगर समितिमा बैठक बसिरहँदा केन्द्रिय निर्णयप्रति आपत्ति जनाउँदै गरिएको तालाबन्दी दुई घन्टापछि खोलिएको थियो भने कांग्रेस नगर समितिले पनि आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गर्ने अवस्था सिर्जना भएको थियो ।

गत निर्वाचनमा थोरै मतले पराजित भएको उल्लेख गर्दै हेटौडाको मेयर कांग्रेसले पाउनु पर्ने भन्दै सभापति आनन्दराज पराजुलीले स्वतन्त्र उम्मेदवारीको चेतावनी दिएका छन् ।

पोखरा
भागवन्डामा नेकपा एसलाई पोखरा महानगरपालिका परेपछि बुधवार गरिएको तालाबन्दीे बिहीबार बिहान खुला गरिएको थियो । पूर्वमन्त्री यज्ञवहादुर थापालगायतका नेता काठमाडौं आएर सभापति देउवालाई पोखरा नछाडन आग्रह गर्दागर्दै पनि नेकपा एसलाई दिईएको भन्दै आक्रोशित कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

यद्यपि जिल्ला सचिव गणेशबहादुर थापाले पोखराको मेयरका लागि किशोरदत्त बराल, सुदीपमोहन भट्टराई, कृष्णबहादुर केसी, सरस्वती गुरुङ, निर्मलप्रसाद कर्माचार्य, बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, विन्दुकुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे, परमेश्वर पोखरेल र ऋषि सापकोटाको नाम प्रदेश कमिटीमा पठाएका छन् ।

रौतहट
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा पाँच दलीय गठबन्धन बन्नका लागि दिइएको दबाब नगर, क्षेत्र र जिल्लाले अस्विकार गर्दै सबै स्थानीय तहमा एकल रुपमा नाम सिफारिस गरेको छ ।

तीन पटक बसेको गठबन्धन बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि कांग्रेसले एकल रुपमा नगरपालिका र गाउँपालिकाका मेयर उपमेयरको नाम सिफारिस गरेर प्रदेश कमिटीलाई पठाएको छ । तर, गठबन्धन र आन्तरिक द्धन्द्धका कारण राजपुर फरहदवा र बिजयपुर फतुवाका मेयरले कांग्रेस परित्याग गरी क्रमशः नेकपा एमालेमा आवद्धता र स्वतन्त्र भएको घोषणा गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -