Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३३:३२ दिउँसो
- ADVERTISEMENT -

गोरखामा बैठक नबस्ने गरी अन्त्य, आ–आफ्नो पार्टीबाट उमेदवार छान्नतिर लाग्ने

प्रकाशित मिति: २०७९ वैशाख १०, शनिबार

487
Shares

गोरखा, शनिबार, १० वैशाख २०७९ । गोरखामा सत्ता गठबन्धनका चार दल बीच चुनावी तालमेलको सम्भावना अन्त्य भएको छ । अन्तिम निश्कर्ष निकाल्ने गरी आज शनिबार बिहान आठबजे बसेको गठबन्धन संयन्त्रको आठौँ बैठकमा पनि भागबण्डाका बिषयमा सहमति जुट्न नसकेपछि अब चारदलीय संयन्त्रको बैठक नबस्ने गरी अन्त्य भएको संयन्त्रका संयोजक नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

‘आठ पटक बैठक बस्दा पनि सबै दलका नेताले आ–आफ्नो अडान छाड्नु भएन । त्यसैले अब गठबन्धन संयन्त्रको संयुक्त बैठकको औचित्य पनि देखिएन सम्भावना पनि रहेन’, कांग्रेसका सभापति न्यौपानले भन्नुभयो, ‘अब हार्दिकता पूर्वक एक्लाएक्लै चुनावी मैदानमा जान पनि सकियो, सत्ता गठबन्धनभित्रैका दुई वा तीन दल मात्र मिलेर अघि बढ्न पनि सकिने भयो ।’ अनौपचारिक रुपले छलफल गर्न सकिने अबस्था भने नसकिएको उहाँले भन्नुभयो।

शनिबार बिहान बसेको अन्तिम बैठकसम्म नेपाली कांग्रेसले सात, माओवादीले पाँच, जनता समाजवादी पार्टीले दुई पालिका दाबी नछाडेको बैठकका अर्का सहभागी लेखबहादुर थापाले भन्नुभयो, ‘बैठक एकदम हार्दिकताका साथ भयो तर सहमति भएन’, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष थापाले भन्नुभयो, ‘नेपाली कांग्रेसले एक नगरपालिकासहित सात पालिका र ४५ वडाको दाबी कायम राख्यो । माओवादीले एक नगरपालिकासहित पाँच पालिका र ४५ वडा दाबी गरिरह्यो । जसपाले पनि एक नगरपालिकासहित दुई पालिका दाबी गर्यो ।’

आठ पटकसम्मको बैठकमा कुनै पनि दल लचिलो नभएपछि संयन्त्रको बैठकको औचित्य समाप्त भएको ठहर गरी उठिएको बताउदै
अब आ–आफ्नो पार्टीबाट उम्मेद्वार छान्नतिर लाग्ने दुवै ठूला पार्टीले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -