विराटनगर, शनिबार, ९ वैशाख २०७९ । मोरङको लेटाङ नगरपालिकाका मेयरसहित ३६ जना जनप्रतिनिधिले राजीनामा दिनु भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन:उठ्न जनप्रतिनिधिहरूले राजीनामा दिनु भएको हो ।

मेयर शंकर राईले उपमेयर कृष्णकुमारी निरौला पोखरेलसहित ३६ जना जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिनु भएको हो । उपमेयर पोखरेलका अनुसार आज पदबाट राजीनामा दिनेमा एमाले पार्टीबाट निर्वाचित १५ जना रहनु भएको छ ।

लेटाङको कार्यपालिका ५० सदस्यीय रहेकोमा कार्यपालिकाका १४ जना सदस्यले मात्र राजीनामा दिएका छैनन् ।

निर्वाचन आयोगले पुनःउम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । सत्तारुढ गठबन्धनकातर्फबाट र एमालेबाट पुन जनप्रतिनिधिका रुपामा उठ्ने तयारीका साथ उहाँहरूले पदबाट राजीनामा दिनु भएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्