- ADVERTISEMENT -
- ADVERTISEMENT -

रेनुले रुखबाट चुनाव लड्नुपर्ने प्रस्ताव

April 22, 2022
358
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, ९ वैशाख २०७९ । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

असन्तुष्ट पक्षले शुक्रबार साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता कार्यकर्ताहरू रुष्ट बनेका छन् ।

यसअघि जिल्ला सभापति पनि महानगरको मेयर नछाड्ने पक्षमा थिए । गठबन्धनको निर्णय भएपछि खनालले केन्द्रीय परिपत्र विपरीत गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

त्यसपछि झनै रुष्ट बनेका कांग्रेस कन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्व सांसद जगन्नाथ पौडेललगायतका नेताहरूले सभापति खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

जिल्ला पार्टी कार्यालयमा भएको भेला पश्चात उनीहरूले तालाबन्दी गरेका हुन् । भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट माओवादीकी रेनु दाहालले पुनः उमेदवारी दिने हुनुभएको छ । त्यसका लागि उहाँले शुक्रबार नै मेयरको पदबाट राजीनामा दिनइसक्नुभएको छ । उहाँले उपमेयर पार्वती शाह ठकुरीसमक्ष राजीनामा दिनुभएको हो ।

रेनु दाहालले रुख चिह्नबाट चुनाव लड्ने हो भने छलफल गर्न सकिने पूर्व सांसद पौडेलले बताएका छन् । जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गर्दा कांग्रेस महासमिति सदस्य मिना खरेल, जिल्ला सह–सचिव गोपाल दराईलगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले भरतपुरको मेयरमा रेनु दाहाललाई सहयोग गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -