गोरखा, शुक्रबार, ९ वैशाख २०७९ । गोरखामा गठबन्धन दलहरु बिच आज राती अबेर सम्म सहमती हुने संभावना देखिएको छ । ‘आज सात बजे बोलाइएको बैठक निर्णायक बैठक हो’ ति नेताले भने ‘बैठकले वडादेखि पालिका सम्मको टुङ्गो लगाउनेछ ।’ गठबन्धन दल कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच बेलुकी सात बजे होटल गार्डेनमा बैठक हुने गठबन्धनका दलका एक सदस्यले बताए ।
बैठकमा गठबन्धनका दलहरु बिच सहमती जुट्न नसकेको खण्डमा जुन दल बिच सहमती हुन्छ ति मात्रै एकै ठाउँमा रहने संभावना पनि रहेको नेताहरुले बताएका छन् ।
जनता समाजवादी पार्टीलाई गठबन्धनका दल कांग्रेस माओवादीले एउटा पालिका दिन तयार छन् भने जसपाले दुईवटा माग गरेको छ । यो विषयमा सहमती हुन नसकेको खण्डमा जसपा बाहेकका दलहरु बिच चुनावी तालमेल हुने देखिन्छ । जसपा बाहेक तालमेल हुँदा कांग्रेस सात र माओवादी केन्द्रले चारवटा पालिका लिएर चुनावमा जाने चर्चा रहेको छ ।
जनता समावजादी पार्टी सहितको सहमती नभएको खण्डमा उसले जितेको वडा पनि बाँडफाँड गरिने र मतान्तरलाई हेरेर वडा भागवण्डाको तयारी कांग्रेस, माओवादी र नेकपा एसले गरेका छन् । नेकपा एसलाई वडा अध्यक्ष सहित सदस्यमा भागवण्डा गरेर मिलाउने रणनीतिमा कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरु छन् ।
वडा तह पनि यस अघि गठबन्धन भित्रका दलले जुन वडा जितेको छ त्यो वडा सोही पार्टीले लिने र एमालेले जितेको वडा बाँडफाँड गरेर जाने गरी टुङ्ग्याउने तयारी गठबन्धनको छ ।








































