गोरखा, बिहिबार, ८ वैशाख २०७९ । गोरखामा गठबन्धन दलहरु अहिलेसम्म सहमतिमा आउन सकेका छैनन् । गोरखामा गठबन्धनको सम्भाबना टर्दे गएको छ ।

हिजो बुधबार बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा ६ महानगर, ११ उपमहानगरसहित सबै पालिका गठबन्धन गर्ने सहमती भएको छ ।

गोरखामा आसन्न स्थानीय निर्वाचनमा गठबन्धनको लागी गोरखा प्रयास जारी रहदा पनि सहमति आउन सकेको छैन । ११ वटा मध्य ९ वटा मा कांगेसले बिजय हासिल गरेको थियो । गठबन्धन दलहरु बिच आ -आफ्नै अडानको कारण आज भएको बार्तामा पनि ठोस निर्णय हुन् नसकेको एक नेताले बताए ।

कांग्रेसको अनुसार गठबन्धनको लागी लचिलो हुन नसक्ने हो भने केन्द्रको निर्णय अनुसार मित्रबत प्रतिस्पर्धा गरौं भन्दै आजको बैठक टुंगिएको हो । कांग्रेस कार्यकर्ता र माओवादी कार्यकर्ता पनि गठबन्धनभन्दा एक्लै चुनाव लड्नेजस्ता आम चाहनाको कारण पनि गठबन्धन गर्न सहज देखिएको छैन । आन्तरिक बिद्रोह हुन सक्ने आकलनको कारण पनि गोरखा कांग्रेस त्यति लचिलो हुन सकेको छैन ।

गठबन्धनको सम्भावना टर्दे गएको कांग्रेस एक नेताले बताए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्