Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२८:१४ दिउँसो
- ADVERTISEMENT -

कम्युनिस्टसँग डराउनुपर्ने स्थिति अन्त्य गर्नुपर्छ : गगन थापा

प्रकाशित मिति: २०७९ वैशाख ७, बुधबार

627
Shares

काठमाडौं, बुधबार, ७ वैशाख २०७९ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिस्ट पार्टीसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन्। बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

नेपालको राजनीतिमा कम्युनिस्टहरुको द्वैध चरित्र बारुम्बार देखिएकोले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित उनको टिप्पणी छ। महामन्त्री थापाले कांग्रेससँग रहेका ३२ लाख मतदाता भन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक नेपाली कांग्रेस कम्युनिस्टहरुसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने उनको टिप्पणी छ। यदी सबै क्षेत्रमा कांग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिस्ट पार्टीहरुले तर्साउने उनको भनाइ थियो।

‘मैले नजिकबाट हेर्दै गर्दा नेपालको राजनीतिक पक्षमा नेपालमा कम्युनिस्ट पार्टीहरु एकै पटक मिलेर सरकारमा बसेको पनि देख्यौँ। तुरुन्त नेपाली कांग्रेससँग बसेर सरकार बनाएको पनि देख्यौँ। सरकारमा बस्दा बस्दै आधाले छोडेर गएर अर्को पार्टीसँग मिलेर चुनाव लड्न गएको पनि देख्यौँ। रातारात पार्टी नै बनाएको पनि देख्यौँ। रातारात पार्टी नै तोडेको पनि देख्यौँ। यो सबै कुराबाट मैले बुझेको र मैले हरेको कुरा के हो भने नेपाली कांग्रेस पार्टीसँग ३०/३२ लाख मतदाता छन्। हामी त्यसमा चित्त बुझाउने हो? त्यसभन्दा हाम्रो मतदाता बढ्दैन भन्ने कुरा ठान्ने हो र हामीले हिम्मत नगर्ने हो भने हामी निरन्तर रुपमा कुनै न कुनै कम्युनिस्ट पार्टीको डरमा हामी बाँचिरहनु पर्ने हुन्छ,’ महामन्त्री थापाले भने, ‘हामी अहिले डराउने भयौँ। हामीले सँगै लिएर नहिडे अर्को कम्युनिस्ट पार्टीसँग गएर मिल्ने हो कि भन्ने डरमा भयौँ। यो चुनावसम्ममा यो चुनाव सकिएपछि फेरि ठूलो चुनाव आउँछ। ठूलो चुनावमा झनै तर्साउने भए। मिल्दिउँ, गइदिउँ उता, छोडिदिउँ भन्दा होइन, होइन भन्नुपर्ने भयो। फेरि मिल्ने भयौँ। फेरि मिल्दा चुनाव पनि जितौँला। चुनाव जितेको भोपिल्ट दिने हो कि होइन भन्ने भए। फेरि हामी डराउने भयौँ।’

महामन्त्री थापाले कुनैपनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भनेर निर्णय गर्ने हक र अधिकार महानगर र उपमहानगरको सम्बन्धमा केन्द्रीय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्यो भन्दा तलका तहलाई अधिकार दिएको उल्लेख गरे। ढिलोचाँडो नेपालका कम्युनिस्टहरू एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिस्ट एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -