काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचन सार्न सत्ता गठबन्धनले षड्यन्त्र गरिरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने भएको छ ।

सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालयको बैठकले सरकारले ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आभाष भएको र त्यसो भएमा कडा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

सरकारको उक्त षड्यन्त्रलाई निस्तेज पार्न सम्पुर्ण पार्टी कमिटी परिचालन गर्ने बैठकले निर्णय पनि गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । साथै बैठकले एमालेको चुनावी घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदा पारित गरेको छ ।

त्यस्तै, एमालेले विभिन्न पालिका र जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवार रहेका व्यक्तिहरुको पनि नाम सिफारिस भएकाले ती व्यक्तिको नाम सूचीबाट हटाउन निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेकाे छ । बैशाख ९ गते पार्टीको घोषणापत्र सार्वजनिक गर्दै पालिकाहरुमा पठाउने निर्णय पनि भएकाे छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्