गोरखा, बुधबार, ३० चैत्र २०७८ । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा गोरखाको आरुघाट गाउँपालिका वडा नं ३ मा नेपाली कांग्रेसबाट ३ जनाको वडा अध्यक्षमा दाबी परेको छ । टेक बहादुर अधिकारी, बेद बहादुर आले र सबैभन्दा कान्छा सन्जय खत्रीको वडा अध्यक्षमा दाबी परेको हो ।
आरुघाट गाउँपालिका वडा नं ३ मा वडाध्यक्षमा उम्मेदवारी दिन लागेका कान्छा उमेदवार सन्जय खत्रीको युवामाझ लोकप्रिय छन् ।
खत्री आफ्नो स्कूलले जीवनकालदेखि नेपाली कांग्रेसमा क्रियाशील रहदै आएका छन् । ने बि संघमा क्रियाशील रहेका उनी हाल आरुघाट काठमाडौँ सम्पर्क समितिका सचिवको महत्वपुर्ण भूमिका निर्वाह गएको बताए ।