काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गठबन्धन र निर्वाचनअघि भएको तालमेलले कसैलाई पनि राम्रो नगर्ने जिकिर गरे । ‘हामी जुन तालमेलको राजनीतिक संस्कृतितर्फ जाँदै छौँ, त्यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन । यसले हाम्रो पार्टीलाई मात्रै होइन, कसैलाई पनि राम्रो गर्दैन’ थापाले भने ।
उनले चुनावी तालमेलबारे बहस गर्नैपर्ने बताए । गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहररुलाई पनि राम्रो नगर्ने थापाको भनाइ छ । स्थानीय कमिटीले नै कोसँग मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्न पाउनुपर्ने उनले बताए ।