काठमाडौं, बुधबार, ३० चैत्र २०७८ । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

शैलेन्द्र खनाल गत सोमबार ४ वर्षे पदावधिका कारण अवकाशमा गएर सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको थियो। खनालले पहिलो नम्बरका एआईजी केसीलाई चार्ज बुझाएर बिदा भएका थिए । उनै निमित्त आईजीपीको जिम्मेवारी पाएका केसीलाई सरकारले आईजीपीमा बढुवा गरेको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्