काठमाडौँ, ३० चैत्र २०७८ । हामी पुस्तान्त्रण सहितको युवा नेतृत्वको खोजिमा छौ, जब सम्म युवा आफैले आफ्नो युगादानको आवश्यकता
महसुस गर्दै समाज रुपान्तरणमा होमिदैन्न तब सम्म यो परिवर्तन सम्भव छैन । युवा अग्रसरता , युवा नेतृत्व र समाज रुपान्तरणको सपना देख्ने युवा नेता टि आर पाण्डे समृद्ध गाउँ निर्माणको यथेष्ट मोडालिटी सहित वाडगंगा नगरपालिका वडा नम्बर ८ मा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्नु भएको छ । २६ बर्षीय पाण्डेले वडाको विकास एवम् समृद्धिमा युवाको नेतृत्व आवश्यक रहेको भन्दै अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
आज भन्दा करिब ६ वर्ष पहिले नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिमार्फत आफ्नो राजनैतिक यात्राको सुरुवात गरेका टि आर नामले चिनिने तिलकराम पाण्डे युवाहरुका माझमा अत्यन्तै प्रिय छन् । आहिले निर्वाचनमा जनाताले आश्वासन भन्दा पनि उस्ले आज सम्म दिएको योगदानलाई आधार बनाउनेमा उनी निश्चित छन ! त्यसो भए टि आर नै वार्ड अध्यक्षमा किन ? आहिले सम्माका उनको योगदान के आउनुहोस् केहि चर्चा गरौं :-
१ ) विगत ६ वर्ष देखि निरन्तर विद्यार्थी राजनीति हुँदै नेपाली कांग्रेसको सक्रिय राजनितीमा सम्लग्न रहेका टिआर का पार्टी भित्रै पनि समर्थन गर्नेको पनि एउटा ठुलै जमात देखिन्छ ।
२ ) उनले विभिन्न संघसंस्थामा आवद्ध भई कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । ‘युवाको काँधमा वडाको जिम्मेवारी’ भन्ने मूल नारालाई आत्मासाथ गर्दै आफु अघि बढ्ने उनले प्रतिवद्धता जनाएका छन् । युवाका माँझमा लोकप्रिय रहेका उनी सामाजिक कार्यमा समर्पित हुदैं आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न समक्ष देखिन्छन् । वडाको नेतृत्व आफुले पाए वडालाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत, संचार हरेक क्षेत्रमा अगाडि बढाउने उनको दाबी छ ।
३ ) कोरोना महामारीको को चपेटामामा परेका गरिब तथा असाहय परिवारका करिब ४५ घर परिवारमा खाद्यन्न सामाग्री र न्यानो कपडा उपलव्ध गराए ।
४ ) गरिब तथा जेहन्दार विद्यार्थीलाई भाग्य बोक्ने झोला र कलम लिएर उनी विभिन्न विद्यालयमा पुग्नुका साथै चप्परगाउँमा रहेको मस्जिदमा उनले करिब एक लाख बराबरको शैक्षिकक सामाग्री वितरण गरे ।
५ ) युवा र खेल्कुदलाइ प्रोत्साहन गर्ने उद्देश्यले उनले नगर भित्रका विभिन्न कलबहरुमा खेलकुद समाग्री वितरण गरे ।
६ ) यति मात्रै होइन कृषिमा आधुनिकिकरण गर्ने उद्देश सहित आहिले उनकै नेतृत्वमा कृषि उपकरण केन्द्र संचालनमा छ , जसले कृषकलाई सौलियत दरमा विभिन्न कृषि जन्य उपकरणहरु उपलब्ध गराउँदै आएको छ ।
युवाको काँधमा वडाको जिम्मेवारी’ भन्ने मूल नारालाई आत्मासाथ गर्दै अघि बढ्ने सोंच लिएर उम्मेद्बारी दर्ता गराएका पाण्डे आफ्नो कार्य कौसलता , समाज रुपान्तरणको सोंंचका कारण वार्डा बासिमा अत्यन्तै लोकप्रीय छन ।
अहिले वडामा अहिले करिब एक हजार ४ सय नयाँ मतदाता थपिएको बताउँदै उम्मेद्वार पाण्डेले उनीहरुको आफुलाई साथ सहयोग मिल्ने विश्वास समेत व्यक्त गरे । वडा नं.८ नेकपा एमालेको एक गणको रुपमा रहदैं आएको छ । गत स्थानीय तहको निर्वाचनमा एमाले ५ सय १५ मतको अन्तरमा विजयी भएको थियो । अहिले पनि एमाले करिब ७-८ सय मतले अघि रहेको बताउँदै उनले यो समयमा एमालेलाई पराजित गर्न आफ्नो सम्पूर्ण तागत लगाउने जिकीर गरे । साथै उनले सबैलाई आफुलाई विश्वास गरेर एक पटक वडाको नेतृत्व गर्ने अवसर दिन सबै वडावासीलाई आह्वान समेत गर्दछन ।