काठमाडौं, २९ चैत्र २०७८ । आगामी वैशाख ३० मा हुन गइ रहेको स्थानीय निर्वाचन को ज्यादै सरगर्मी बढी रहेको छ ।

धेरै जसो पार्टीबाट उमेदवारहरु घोषणा गर्ने क्रम रहेको छ । यसै सन्दर्भमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकामा पनि उमेदवार हरुको चर्चा भई रहेको छ ।

भूगोलको अवस्थालाई हेर्ने हो भने साविक मदानपुर (केही भु भाग बाहेक), जिलिङ, दुर्इपिपल, रातमाटे र कुमरी रहेको छ ।

भूगोल ज्यादै विकट र आर्थिक जीवनस्तर न्यून रहेको छ ।
बि स २०७४ मा नेकपा एमालेको मेयर र माओवादीको उप मेयरले जिते पनि खासै उल्लेखनीय प्रगतिको खाकासम्म नकोरेकोले गर्दा जनता नयाँ र केही भिजन भएको नेताको खोजी मा रहेको छ ।

नेपाली काँग्रेसको आन्तरिक द्वन्द र गुट गत स्वार्थले गर्दा धेरै वडा र समग्र नगरमा हार बेहोर्नु परेको तितो येठार्थ आम जनता बताउँछन् ।

यसै चुनावी सन्दर्भमा २६ ठाउँ मा गरीएको सर्वेक्षण तथ्याङ्कको आधारमा स्थानीय नेतृत्व सबै खालका विषय लाई मध्यनजर गरी उम्मेदवार छनौट गरिएमा जीत निश्चित हुने टेका भूगोल को चाहना रहेको छ ।

जसमा सानै उमेरबाट विद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा सुरू गरेका दीपक लामाको चर्चा व्यापक रहेको छ ।

२०४६ साल बाट विद्यार्थी आन्दोलनमा लागेका लामा च्वाडि पब्लिक स्कूलबाट नेवि संघको राजनीति सुरु गरी २०५३ सालमा महेन्द्र रत्न क्याम्पस ताहाचलमा इकाई बाट सुरु गरी २०५५ र २०५७ सालमा स्व वियु मा प्रत्यासी हुँदै २०५८ सालमा नेवि संघ केन्द्रिय खेलकुद विभाग(विश्व प्रकाश शर्मा , अध्यक्ष) मा समेत रही काम गरेको अनुभव रहेको छ ।

बि स २०६० सालमा नेवि संघ महेन्द्र रत्न क्याम्पसको अध्यक्ष बनेर कुशल पूर्वक संगठन गरी आफ्नो कार्यकालमा पहिलो पटक स्ववियु निर्वाचन जिताएका थिए ।

त्यसैगरी २०६५ सालमा नेवि संघ नुवाकोटका अध्यक्षका प्रत्यासी बनेका लामा झिनो मत बाट पराजित भएका थिए ।

बि स २०६५ सालमा नेवि संघ को केन्द्रीय सदस्यको समेत प्रत्यासी बनेका लामा २०६७ सालमा नेपाली काङ्ग्रेस जिल्ला कर्यसिमिती को सह सचिव भई कार्य गरेका लामा २०६९ सालमा केन्द्रीय खेलकुद विभाग मा समेत काम गरेका लामा हाल बिपी कोइराला खेलकुद प्रतिष्ठानका केन्द्रिय अध्यक्ष र नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका छन् साथै विभिन्न समाज सेवा मा तल्लीन रहेका छन् ।

लामा यी अलावा खेलकुद क्षेत्रमा पनि धेरै लागिपरेका छन् जसमा धेरै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त व्यक्ति हुन् । हाल उसु खेलका अन्तराष्ट्रिय निर्णयक, नेपाल उसु महासंघका केन्द्रीय उपाध्यक्ष र नेपाल नेटबल संघका महासचिव हुँदै दक्षिण एसियाली उसु महासङ्घ का कोषध्यक्ष र नेटबल सङ्घ का सचिव रहेका छन् ।

बिदेश भ्रमण गरेका लामा अष्ट्रेलिया,बंगलादेश, श्रीलंका, भारत, चीन, हङकङ, ब्रुनेइ, मलेसिया, सिंगापुर, युरोप (schegen), द.कोरिया,जापान, इण्डोनेशिया, माल्दिभ्स, टर्की, रसिया भ्रमण गरेका छ्न ।

उनले समाजशास्त्र, जनसङ्ख्या शास्त्र र राजनीति शास्त्रमा स्नातकोतर साथै पूर्वीय दर्शन(संस्कृति, कल्चर ) विद्यावारिधि गर्दै छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्