काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले साे जानकारी गराएका हुन् ।
असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम भएको बताएको छ ।
साथै अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधारका लागि लिइएको नीतिहरु ठीक भएकै कारण मुलुककाे अर्थतन्त्र सही दिशा उन्मुख भएको दाबीसमेत गरेका छन् । ‘अर्थतन्त्र कमजोर बन्दै गएपछि विभिन्न वस्तुको आयात गर्दा नगद मार्जिन राख्नुपर्ने नीति लिइयो,’ उनले भने, ‘त्यसको प्रभाव अहिले देखिन थालेको छ ।’
नेपालको कुल वैदेशिक ऋण १८ खर्ब रुपैयाँ भएको र चालु आर्थिक वर्षमा विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले ४० अर्ब रुपैयाँ मात्रै खर्च गर्नुपर्ने अवस्था रहेकाले देशको अर्थतन्त्र कुनै पनि कोणबाट श्रीलंकाको जस्तो हुनै नसक्ने मन्त्री शर्माले जिकिर गरे ।