गोरखा, २७ चैत्र २०७८ । आगामी बैशाख ३० गतेका लागी हुने स्थानीय निर्वाचनको मिति नजिकिएसंगै नेपाली कांग्रेस भित्र चुनाबी माहौल तात्तिएको छ ।

गोरखा नगरपालिकाको मेयरमा कांग्रेसबाट आंकाक्षी दुईवटा डिग्री होल्डर भएकी चर्चित युवा नेतृ शोभा अधिकारीको चर्चा सुरु भएको छ ।

स्थानीय चुनावमा देशैभरी उम्मेदवार हुने आंकाक्षीहरूको चर्चा भइरहेको बेलामा गोरखा नगरपालिकाको मेयरमा कांग्रेसबाट दुई बिषयमा स्नातोकोत्तर गरेकी चर्चित कांग्रेस युवा नेतृ शोभा अधिकारीको चर्चा देशैभरी चुलिएको छ ।

गोरखा कांग्रेसको महासमिति सदस्य रहेकी तथा कांग्रेस गण्डकी प्रदेश समितिमा कार्यसम्पादन समिति सदस्य रहेकी चर्चित युवा नेतृ अधिकारी २०५० सालदेखि ने. बि. संघको राजनीतिबाट निरन्तर सक्रिय भएकी युवा नेतृ हुन ।

बि स २०५७ सालमा भएको स्व.बि. यु . निर्वाचनमा अधिकारी पध्मकन्या क्याम्पस बागबजारबाट स्व.बि.यु.उपसभापति पदमा निर्वाचित भएकी थिईन । यस संग संगै ने.बि.संघको केन्द्रीय कमिटीमा तिन कार्यकाल केन्द्रीय सदस्य भै अधिकारीले कार्य गरेकी थिईन । कांग्रेसका बर्तमान मंहामन्त्री गगन कुमार थापा ने.बि.संघको केन्द्रीय कमिटीमा मंहामन्त्री भएको बखत नेतृ शोभा अधिकारीले ने.बि.संघ केन्द्रीय सदस्य भै थापा संग सगै राजनीतिमा योगदान दिएकी थिईन । पूर्व बिधार्थी नेताहरू गगन कुमार थापा, बिश्वप्रकाश शर्मा, प्रदिप पौडेल र गुरूराज घिमिरे संग संगै काम गरी बिधार्थी राजनीतिबाट उदाएकी चर्चित कांग्रेस नेतृ अधिकारी भ्रष्टाचारको बिरूद्दमा शशक्त आवाज उठाउने नेतृको रूपमा चिनिन्छिन ।
महिला अधिकार र महिला समानताको पक्षमा खरो आवाज उठाउने अधिकारी गरिब , मजदुर , किसान र सुकुम्बासीको पक्षमा सदैब आवाज उठाएर चर्चामा आएकी नेतृ हुन ।

गोरखा नगरपालिकाको मेयरमा कांग्रेसबाट आंकाक्षी रहेकी चर्चित युवा नेतृ अधिकारीले भनिन आफु गोरखा नगरको मेयर भएमा गोरखा नगर क्षेत्रको मुहार नै फेरिदिने र गोरखा नगर क्षेत्रलाई पर्यटक आकर्षणको केन्द्र बनाउन लागिपर्ने बताईन ।

ब्यबस्थापन संकाय र समाजशास्त्र दुईवटा संकायमा स्नातोकोत्तर गरी दुईवटा डिग्री होल्डर भएकी चर्चित युवा नेतृ अधिकारी गोरखाली जनताबिच लोकप्रिय छिन ।

निडर,मिलनसार,मिजासिली,सहयोगी र इमान्दार महिला नेत्री शोभा अधिकारी आँखामा राखे पनि नबिझाउने खालकी छिन भनेर नगर बासी उनको बारेमा ब्याख्या गर्छन ।यस्तो सक्षम,भिजन,भएकी महिला नेत्री पाउनु हामी गोर्खालीकोलागि गर्बको कुरा हो ।

उनमा मानबता छ ।सबैको भलो चिताउने ,सबैलाई सम्मान गर्ने र समान ब्यवहार गर्ने उनको बानीले युवा,केटा केटी,वयस्क ,बृद्द,सबैले रुचाउँछन ।शिक्षित मात्र नभै विलक्षण प्रतिभाकी खानी छिन ।उनको लेखन कला अति राम्रो छ।समाजको ब्याप्त अन्याय,अत्याचार,हत्या,हिंसा,बलात्कार र बिभिन्न बिषयमा कलम चलाउने शोभा नाम जस्तै काम गर्छिन ।उनको सृजनात्मक कला र मिठास बोली र ब्यबहारले गर्दा बौद्धिक वर्ग,उद्योगी,व्यापारी,मज़दूर र किसान र सबै वर्गमा उत्तिकै लोकप्रिय छिन ।

उनी भन्छिन संविधानले ३३% महिला सहभागिता सुनिश्चित गरेको छ ।अब संविधानले दिएको अधिकार हामी माग्छौं ।सक्षम,योग्य र योगदान दिएका महिलालाई ३३% नगरपालिकाको मेयरमा टिकट दिनुपर्छ । त्यसकोलागि हामीले सम्बन्धीत ठाउँमा आवाज़ उठाउँछौं भनिन्।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्