गोरखा, सोमबार, २८ चैत्र २०७८ । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ५ बगुवामा नेपाली काँग्रेसबाट ४ जनाको वडा अध्यक्षमा दाबी परेको छ । जीवन वन्त, सिताराम भट्ट, बासुदेव भट्ट र रामचन्द्र पोखरेलको वडा अध्यक्षमा दाबी परेको हो ।
साबिकको बगुवाबाट वडाध्यक्षमा उम्मेदवारी दिन लागेका रामचन्द्र पोखरेल युवामाझ लोकप्रिय छन् । कांग्रेसले पोखरासंगै ४ जनाको नाम वडाध्यक्षमा सिफारिस गरेपनि लोकप्रियता र क्रियाशिलताको आधारमा पोखरेललेनै टिकट पाउने स्थानीय कांग्रेसहरु बताउँछन् । राजनीतिक मार्फत समाज सेवामा सक्रिय पोखरेलाई कांग्रेसका माथिल्ला तहका नेताहरूको समेत साथ रहेको चर्चा बगुवामा चल्ने गरेको छ ।
” सामाजिक रुपान्तरण र गुणस्तरीय भौतिक पुर्वाधार, समृद्ध समाज निर्माणको आधार ” सहितको नारा लिएर अधि बढेका पोखरेल नेपाली कांग्रेसजस्तो नेपालको एतिहासिक लोकतान्त्रिक पार्टीको तर्फबाट स्थानीय तहको जनप्रतिनिधिको उमेदवारको रुपमा पार्टीले बिस्वास गरी टिकट दिएको खण्डमा वडा अध्यक्षको जिम्मेवारी कुसलातापुर्बक निर्वाह गर्ने प्रतिबदता ब्यक्त गरेका छन ।
इन्जिनियरिङमा स्नातकोत्तर गरेका पोखरेल बि स २०५० देखि दुल्लभ मा बि हुँदै, २०५४ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पार्टीका लागि सक्रिय आफ्नो महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आएका छन । हाल नेपाली कांग्रेस भिमसेनथापा गाउँ पालिका कार्यसमिति सदस्य रहेका छन ।
- ADVERTISEMENT -
समाजसेबी पोखरेलले आफ्नो हजुरबुबा स्व. जगत बहादुर पोखरेलको स्मृतिमा रु दुई लाखको शान्ति मा वि बगुवामा रहने गरी बगुवाका स्थायी बासिन्दाका सन्ततिका लागि मात्रै शैक्षिक क्षेत्रमा प्रयोग हुनेगरी अक्षयकोष खडा गरेको बताए । जस मध्य एक लाखको समग्रमा शैक्षिक गुणस्तरको आधारमा र एक लाखको दलित र अल्पसंख्यकका सन्ततिलाई मात्रै सहयोग हुनेगरी रकम छुटाएको बताए । उनले भने, परिवर्तनको आधारस्तम्भ शिक्षा र सुशासन हो, चुनावमा टिकट किन्न, भोट किन्न र भट्टिमा खर्च गरिने पैसा शिक्षामा अक्षयकोष बनाएर लगानी गर्न, बगुवाका सम्पुर्ण आकांक्षी उमेदवार र नेता कार्यकर्तामा विशेष अनुरोध गरे ।