गोरखा, शनिबार, २६ चैत्र २०७८ । आसन्न स्थानीय निर्वाचनले देशभरको राजनीतिक माहोल तात्तिएको बेला गोरखाको शहिद लखन -९ नाम्जुङ्ग मा गाउँपालिकाको वडाध्यक्ष बन्ने आकांक्षी बढ्दै गएका छन् । नामजुङमा वडाध्यक्षका लागि सुशासन श्रेष्ठ लगायत अन्यको दावी परेको छ ।
अध्यक्षमा सर्व सम्मत हुन नसके पछि नेपाली काँग्रेस वडा समितिले शुक्रबार नेपाली काँग्रेस शहिद गाउँपालिकालाई उम्मेदवारी दावी गर्ने सबैको नामावली पठाएको छ । अध्यक्षका लागि राम प्रासाद लामिछाने, सुशासन श्रेष्ठ, कोमलबहादुर खड्का, तिलप्रसाद काप्री र बलराज थापाको नाम पठाएको छ ।
त्यसैगरी, खुल्ला महिला तर्फ कमला ढकाल, सिता पाण्डे र मिश्री मायाँ लामिछानेको दावी रहेको छ भने दलित महिलामा भने शोभा नेपालीको मात्र दावी रहेको छ ।
त्यस्तै गरी खुल्ला पुरुष तर्फ बुद्वीबहादुर खड्का, कृण्णप्रसाद ढकाल, राजेन्द्र लामिछाने, श्यामजी काप्री, धनबहादुर गुरुङ, सुर्यप्रसाद काप्री र सन्तोष जंग थापाले दावी गरेको नेपाली काँग्रेस वडा पार्टी कार्यालय नामजुङले जनाएको छ ।