गोरखा, शनिबार, २६ चैत्र २०७८ । स्थानीय निर्वाचनले देशभरको राजनीतिक माहोल तात्तिएको बेला गोरखाको आरुघाट गाउँपालिकाको उपाध्यक्ष बन्ने आकांक्षी बढ्दै गएका छन् ।
लामो समय राजनीतिमा सक्रिय शोभिता परियारले गोरखाको आरुघाट गाउँपालिकाको उपाध्यक्षमा आफुले दाबी गरेको बताउनु भयो । युवा नेतृ शोभिता परियार सानै उमेरदेखि राजनीतिमा सक्रिय हुदैं आउनु भएको हो ।
नेपाल महिला संघ जिल्ला सदस्य र नेपाल दलित संघ जिल्ला सदस्यका रुपमा आफ्नो महत्त्वपूर्ण जिम्मेवारी सफलतापुर्बक बहन गरेको उहाँले बताउनु भयो ।
आगामी बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनमा गोरखाको आरूघाट गाउँपालिका उपाध्यक्षमा ७ जनाको दाबी परेको छ । पार्टीले टिकट दिएमा म सजिलै चुनाव जित्ने दावी गर्नु भयो ।
नयाँ अनुसार आउनु पर्ने धारणा राख्दै आफूले सिकेका कैयौँ अनुभवलाई समाज , महिलाको अधिकार सुनिचित गर्ने उद्देश्यले उमेदवार दिएको बताउनु भयो।
नयाँ पुस्तालाई पार्टीले अवसर दिएको खण्डमा आफुले सजिलै चुनाव जित्ने दावी गर्नु भयो ।








































