गोरखा, शुक्रबार, २५ चैत्र २०७८ । आसन्न स्थानीय तहको निर्वाचनमा भिमसेन थापा गाउँपालिकामा वडा न २ बाट ५ जना वडा अध्यक्षको दाबी गर्नु भएको छ ।
हाल भिमसेन थापा गाउँपालिका वडा न २ मा बहालवालामा रहनु भएको नारायण भट्टराई पनि पुनः दोहोराउने पक्षमा रहनु भएको छ । त्यसैगरी वडा अध्यक्षको दाबेदारमा नवराज भट्ट, कृष्ण भट्ट र बुद्धि प्रसाद भट्टको दाबी परेको थियो ।
बि स २०५८ सालमा नेपाली कांग्रेसमा क्रियाशिल रहनु भएका लामिछाने पार्टीले दिएको निर्देशन अनुसार सक्रिय रही आफुभन्दा अग्रज नेताहरुको सम्मान गर्दै पार्टीको कुनै पनि पदमा नरही पार्टी र नेता लाई साथ सहयोग गर्दै आउनु भएका शंकर लामिछाने आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भिमसेन थापा गाउँपालिका वडा न २ मा वडा अध्यक्ष पदमा दाबी गर्दै आउनु भएको छ ।
सफल ब्यवसायी लामिछाने बाकी जीवन समाज र पार्टीका लागि ब्यतित गर्ने सपना बोकेर आउनु भएका लामिछाने आगामी कार्यकाल आफुले समाजको लागि उदाहरणीय काम गरेर देखाउने बताउनु भयो ।
पार्टीमा लागेपछी आफ्नो जीवन कालमा ने बि संघ, तरुण दलमा आफुले पाउनु भएको महत्त्वपूर्ण जिम्मेवारी बहन गर्नु भएको छ ।
वडा अध्यक्षमा जति जनाको दाबी परेता पनि आफू सबैको साथ सहयोगले आफू अरु भन्दा अब्बल रहेको बताउनु भयो ।