गोरखा, बिहिबार, २४ चैत्र २०७८ । कांग्रेसबाट भिमसेनथापा गाउँपालिकामा ९ जना गाउँपालिका अध्यक्ष र ६ जना उपाध्यक्ष दाबी गर्नु भएको छ । गोरखा जिल्ला पश्चिमाअञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलको पहाडी जिल्ला गोरखा एक हो ।

गत २०७४ काे स्थानीय निर्वाचनमा भिमसेन गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका इश्वर पाण्डे निर्वाचित हुनु भएको थियो । उहाँले ३ हजार ९४३ मत पाउदैं निर्वाचित हुनु भयो । उहाँका निकटम प्रतिद्वन्द्वी माओवादीका लाेकप्रसाद बन्जारालाई हराउदै अध्यक्षमा निर्वाचित हुनु भएको हो । बन्जाराले २ हजार ९८४ मत प्राप्त गर्नु भएको थियो । एमालेका सुरेश बाबु श्रेष्ठले १ हजार २५५ र नयाँ शक्तिका चित्रकुमार श्रेष्ठले १ हजार ११४ मत प्राप्त गर्नु भएको हो ।

उपाध्यक्षमा कांग्रेसकी विनु वाग्ले निर्वाचित हुनु भएको हो । उहाँले ३ हजार ९८३ मत प्राप्त गर्नु भयो । उहाँकाे निकटमत प्रतिद्वन्द्वी माओवादीका लिला श्रेष्ठ रहनु भएको थियो । उहाँले ३ हजार २०२ मत प्राप्त गर्नु भयो । एमालेकी कविता अर्याल १ हजार २७० र नयाँ शक्तिका मिलन न्याैपाने (देवकाेटा) ले ९१३ मत प्राप्त गर्नु भएको थियो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस गाेरखाले जिल्लाका एघार स्थानीय तहमा नै आंकाक्षी उम्मेदवारकाे सूची तयार गरेकाे छ । जसमा, आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट भिमसेनथापा गाउँपालिकामा ९ जनाले गाउँपालिका अध्यक्षमा उमेदवारको आंकाक्षी व्यक्त गर्नु भएको छ भने ६ जनाले गाउँपालिका उपाध्यक्षमा आंकाक्षी व्यक्त गर्नु भएको छ ।

भिमसेनथापा गाउँपालिकामा ठाकुर प्रसाद भट्ट, तारानाथ पुडासैनी, रोशन गुरुङ, कृष्ण प्रसाद बानियाँ, भरत भट्ट, बिनु वाग्ले, मुक्ति ढकाल , बिदेश नराल र लिला नाथ लामिछाने गाउँपालिका अध्यक्षमा उमेदवारको आंकाक्षी हुनुहुन्छ भने गाउँपालिका उपाध्यक्षमा बिनु लामिछाने, सरिता भट्ट के सी, अमृता वस्ती, शोभा भट्ट खनाल, शोभा वास्ताकोटी र इन्द्र कुमारी तिवारी आंकाक्षी हुनुहुन्छ ।

गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको गोरखा जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालको प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति भिमसेन थापाको नाम बाट यस गाउँपालिकाको नामाकरण गरिएको हो ।

भौगोलिक बिबिधता पाखा, पखेरा, जंगल, खोल्सा ,खोल्सी ,खोंच र बेशी तथा अन्य प्राकृतिक सम्पदाले भरिएको यस जिल्ला को साबिकका गा बि स हरु मध्ये मसेल, तान्द्राङ्ग , अश्राङ्ग ,धावा ,बगुवा र बोर्लाङ्ग लाइ समायोजन गरी भिमसेनथापा गाउँपालिका गठन गरिएको हो ।

यस गाउँपालिकाको साबिकमा रहेको ६ ओटा गा.बि.स मध्य साबिक तान्द्राङ्ग गा.बि.सलाई विभाजन गरी हालको २ र ३ वडा बनाइएको छ र साबिक बोर्लाङ्ग गा.बि.स.लाई विभाजन गरी हालको ७ र ८ वडा बनाइएको छ । नवगठित स्थानीय तह भिमसेन थापा गाउँपालिका को क्षेत्रफल १०१.३५ वर्ग कि मि , जनसंख्या २२०३३ र वडा संख्या ८ रहेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्