Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:२७:१८ बिहान
- ADVERTISEMENT -

स्थानीय तह निर्वाचन : घोषणापत्र बनाउँदै दलहरू

प्रकाशित मिति: २०७८ चैत २४, बिहीबार

871
Shares

काठमाडौँ, बिहिबार, २४ चैत्र २०७८ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू चुनावी प्रचारप्रसारको तयारीमा छन् । दलहरू हाल चुनावी नारा बनाउनेदेखि घोषणापत्र तयार गर्नेसम्मको काममा व्यस्त छन् ।

सत्ताको नेतृत्व सम्हालेको प्रमुख दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारा तय गर्दै गत २९ फागुनबाट नै स्थानीय तह निर्वाचनका लागि गाउँ पसेको छ भने कांग्रेसले केन्द्रीय तहमा घोषणापत्र बनाउने जिम्मा महामन्त्री गगन थापालाई दिएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले नीतिगत विषय समावेश गरेर केन्द्रबाट बनाउने घोषणापत्रलाई स्थानीय तहले स्थानीय आवश्यकताका आधारमा छुट्टै घोषणापत्र बनाउन सक्ने जानकारी दिए ।

‘केन्द्रले पोलिसीगत विषय समेटेर घोषणापत्र बनाउँदै छ, स्थानीय तहले त्यसमा टेकेर स्थानीय आवश्यकतासमेत समावेश गरी स्थानीय घोषणापत्रसमेत बनाउन सक्नेछन्, त्यो अधिकार कांग्रेस केन्द्रले स्थानीय तहलाई दिएको छ,’ कांग्रेस मुख्यसचिव पौडेलले राजधानीसँग भने ।

यसैगरी, नेकपा माओवादी केन्द्रले ‘गाउँ नगर घरघर जाऊँ, माओवादी केन्द्रलाई विजय गराऔं’ नारा स्थानीय तह निर्वाचनका लागि तय गरेको छ । यसैगरी ‘जसको नीति उसकै नेतृत्व’ भन्ने दोस्रो नारासमेत माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि तय गरेको छ । माओवादी केन्द्रले आधिकारिक रूपमा नारालाई घोषणापत्रमै ल्याउने बताएको छ ।

माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि केन्द्रबाट घोषणापत्रको अवधारणा बनाएर स्थानीय तहलाई नै घोषणापत्र बनाउन दिने तयारी गरेको छ ।

माओवादी केन्द्रका नेता लिलामणि पोखलेलले केन्द्रबाट अवधारणा बनाइने र घोषणापत्र स्थानीय तहले नै बनाउने जानकारी दिए । ‘केन्द्रबाट अवधारणा बन्छ, घोषणापत्र स्थानीय तहले नै बनाउँछन्, पार्टी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रको अवधारणा बनाउँदै हुनुहुन्छ,’ माओवादी केन्द्रका नेता पोखरेलले भने ।

यसैगरी, नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन २०७९ का लागि ‘जनतामा जाऔं, नेकपा (एकीकृत समाजवादी)लाई जिताऔं’ नारा तय गरेको छ । तर, नाराले आधिकारिकता घोषणापत्रमार्फत नै पाउनेछ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -