चितवन, बुधबार, २३ चैत्र २०७८ । स्थानिय तहको निर्वाचनको सरगर्मी बढेको छ । नेपाली कांग्रेसका युवा नेता निलकण्ठ रिजालले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनु हुने भएको छ ।
चितवनमा मेयरका आकांक्षीहरु बढी रहेका छन् भने उमेदवारहरुले पनि पार्टीका नेताहरुसँग टिकटको लबिङ तिब्र पारेका छन् ।
‘शिक्षा, स्वास्थ र पर्यटनमा मुलुककै केन्द्र बनाउने हाम्रो रहर, कृषिमा आत्मनिर्भर, प्राविधिक मैत्री हाम्रो भरतपुर महानगर’ भन्ने नारासहित रिजाल मेयरका लागि अघि बढनु भएको हो । करिब ३० वर्षदेखि विद्यार्थी राजनितिमा विताउनु भएका रिजाल केहि वर्षदेखि जिल्ला केन्द्रित राजनीतिमा सक्रिय रहदै आउनु भएको छ ।
रिजाल नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहनु भएको थियो, तर संघमा नैनसिंह महर अध्यक्ष बनेपछि सोही कार्य समितिमा उपाध्यक्ष बन्नुभयो ।
रिजालले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिमा आत्म निर्भर प्रवृतिमैत्री महानगर बनाउँने तागत रहेको बताउनु भयो । रिजालले बारम्बार राजनीतिमा अवसर पाउँदै गर्दा युवा सधैँ बहिस्कृत हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भयो ।
जिल्ला केन्द्रित राजनीतिसँगै भरतपुरको मेयरमा दाबी गरेपछि रिजालको नाम अहिले चितवन कांग्रेसभित्र चर्चामा रहेको छ । उहाँका अनुसार हरेक निर्वाचनमा अन्य दललाई कांग्रेसले आफ्ना मतदातालाई मत दिऔं भन्न सक्दैन् । रिजाल कांग्रेसको १४ औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।
‘अघिल्लो चुनाबमा मेयरमा कांग्रेसले माओवादीलाई सघाएको हो, अब माओवादीले कांग्रेसलाई मत दिएर गुण तिर्ने बेला आएको छ,उहाँले भन्नुभयो । भरतपुरमै जन्मेर,भरतपुरकै माटोमा हुर्के बढेको हुनाले भरतपुरवासीको वास्तविक समस्या आफूले लामो समय अगाडिदेखि नै देखेको, बुझेको र प्रत्यक्ष अनुभव गर्ने अवसर पाएकाले महानगरवासीको मन जित्न सक्ने रिजालको दाबी छ ।
भरतपुरको मेयरमा माओवादी र कांग्रेस दुबैले दाबी गरेका छन् । तर, कांग्रेसले अघिल्लो निवार्चनमा माओवादीलाई छोडे र अब छोड्न नसकिने अडान राखेको छ । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समिति अधिकांस नेविसंघको राजनीतिबाटै उदाएका छन् ।
चितवनका २९ वडामा अघिल्लो निवार्चनमा ३ वटा मात्र माओवादीले निर्वाचित भएको थियो भने १४ वटा वडामा एमाले निर्वाचित भएको थियो । जसमा एमालेबाट हालको सामाजवादीले ५ स्थानमा जितेको थियो । १२ वटा वडामा कांग्रेस निवार्चित भएको थियो ।