काठमाडौँ, बुधबार, २३ चैत्र २०७८ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गोकर्णेश्वर नगरपालिकामा चिया पसलदेखी तारे होटल सम्म सम्भावित उम्मेदवारको चर्चा चुलिन थालेको छ ।
गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट बिमल ठकुरी मेयरको उम्मेदवार हुने पक्का पक्की रहेको उनी निकट पारिवारिक श्रोतले बतायो ।
प्रदेश सभाको चुनावमा नेकपा एमालेका धुरन्धर खेलाडी मानिने रामेश्वर फुयालसंग झिनो मतले पराजित भएका ठकुरीले चुनाव हारेपछी समेत पार्टीको काम र समाजसेवामा आफुलाई कृयाशिल राखे ।
कोरोना महामारीमा आफैं चामल र राहत सामाग्री बोकेर जनताको घर घरमा पुगेपछि ठकुरीको लोकप्रियता चुलिएको हो ।
नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि बिमल ठकुरीले झन् शक्तिशाली भएर काठमाडौं ३ को राजनीतिमा दरिलो उपस्तिथि देखाउन थालिसकेका छन् ।
प्रदेशसभा ख को सभापतिमा अत्याधिक मत प्राप्त गरेर विजयी भएका ठकुरी स्व साँसद चक्रबहादुर ठकुरीका सुपुत्र हुन् ।
ठकुरी निकट पारिवारिक श्रोतका अनुसार हालका मेयर सन्तोष चालिसेले र गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले ठुलै आर्थिक चलखेल गरेर नेताहरुलाई प्रभावित पारेमात्र बिमल ठकुरीले टिकट नपाउने नत्र ठकुरीले यसपालि चाहेको स्थानमा टिकट पाउने पक्कापक्की भएको बताउँछन् ।
काँग्रेस कार्यकर्ता समेत पार्टीको प्रदेश समिती र केन्द्रीय समितिमा ठकुरीको सोझो पहुँच रहेका कारण ठकुरीलेनै टिकट पाउने बताउँछन् ।