गोरखा, २३ चैत्र २०७८ । गोरखा बजारको भिआईपी टोलमा १ जना महिलाको शव फेला परेको छ । मृत्तक महिला गोरखा नगरपालिका ९ लक्ष्मी बजार घर भएकी ३५ बर्षिया फुलमायाँ र्सिमल भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
गोरखा नगरपालिका ६ घर भएका नरेश श्रेष्ठको कोही पनि नबस्ने घर छेवैमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखमा प्रहरी निरिक्षक एवं सुचना अधिकारी धर्मबहादुर अधिकारीले जानकारी दिए । मृत्तक महिलाको शवको वरपर रगत समेत देखिएकोले घटनालाई संकास्पद घेरामा राखेर प्रहरीले गहन अनुसन्धान थालेको छ ।
बतासे माईत भएकी फुलमायाँको शव बुधबार बिहान ६ः४० बजेको समयमा स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए । शवको घटन ा स्थल मुचुल्का तयार पारेर शवलाई अहिले गोरखा अस्पतालको पोष्ट मार्टम घरमा राखिएको छ ।
महिलाको आफन्तहरु सम्र्पकमा आएकोले केही समय भित्रै पोष्टमार्टम गरिने पनि गोरखा प्रहरीले जनाएको छ ।