काठमाडौँ, २३ चैत्र २०७८ । आसन्न स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका छन् । उनी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट मेयर पदको उम्मेदवार बन्ने भएका हुन् ।

सो पार्टीको मंगलबार साँझ काठमाडौँमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । रेश्मा लामालाई महानगरको उपमेयर पदको उम्मेदवार चयन गरिएको अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्