गोरखा, बुधबार, २३ चैत्र २०७८ । अजिरकोट गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ । यसको क्षेत्रफल १९८.०५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिका समुन्द्र सतह देखि करीब ३०० मि. देखि ८००० मि. सम्म रहेको छ । यस गाउँपालिका ५ वडाहरू घ्याच्चोक, खरिबोट, हंसपुर, सिमजुङ र मुच्चोक मिलेर बनेको छ । गाउँपालिकाको कूल जनसङ्ख्या १४,८०२ रहेको छ ।
गत २०७४ काे स्थानीय निर्वाचनमा अजिरकोट गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका फणिन्द्रप्रसाद धिताल ३ हजार ०३३ मत पाएर निर्वाचित हुनु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका दीपक देवकाेटा रहनु भयो । उहाँले २ हजार ७०२ मत प्राप्त गर्नु भयो ।
उपाध्यक्षमा कांग्रेसकी चन्द्र माया गुरुङले ३ हजार ०३० मत पाउनु भएको थियो । उहाँकाे निकटतम प्रतिद्वन्द्वी माओवादीकी अनिता भुजेल २ हजार ६४२ मत प्राप्त गर्नु भयो ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस गाेरखाले जिल्लाका एघार स्थानीय तहमा नै आंकाक्षी उम्मेदवारकाे सूची तयार गरेकाे छ । जसमा, आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट १४ जनाले गाउँपालिका अध्यक्षमा उमेदवारको आंकाक्षी व्यक्त गर्नु भएको छ भने ७ जनाले गाउँपालिका उपाध्यक्षमा आंकाक्षी व्यक्त गर्नु भएको छ ।
अजिरकोट गाउँपालिका अध्यक्ष फणिन्द्र प्रसाद धिताल, झन बहादुर दवाडी, तुलसी राज धिताल, बुद्दि बहादुर तामाङ्ग, ओम बहादुर गुरुङ, तया राज गुरुङ, सुबाश अधिकारी, मिना अधिकारी, गोबिन्द बहादुर गुरुङ, जंग बहादुर गुरुङ, मदन बाबु दवाडी, तेज बहादुर शेर्पा, चन्द्र माया गुरुङ र दिनेश सुनार गाउँपालिका अध्यक्षमा उमेदवारको आंकाक्षी हुनुहुन्छ भने गाउँपालिका उपाध्यक्षमा कमला धिताल, सरस्वती धिताल, बिष्णु माया अधिकारी, गौरी तामाङ्ग, इतराज सुनार, इन्द्र गुरुङ र किरण ब घले उमेदवारको आंकाक्षी हुनुहुन्छ ।
नेपाली कांग्रेस अजिरकोट गाउँपालिका कार्य समितिका सभापति जंग बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।








































