- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

राजनीतिक शुद्धीकरण र उत्पादनको नीति र योजनासहित जनतामा जानुपर्ने

April 5, 2022
781
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, मंगलबार, २२ चैत्र २०७८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीका कारण देश २५ वर्ष पछि परेको आरोप लगाएका छन् । मंगलबार शंकरदेव क्याम्पसले आयोजना गरेको ‘आर्थिक सवलीकरण,राजनीतिक शुद्धीकरण’ विषयक विचार गोष्ठीमा नेता पौडेलले यस्तो बताएका हुन् ।

अघिल्लो निर्वाचनमा जनताले मत दिएर जिताए पनि केपी ओलीले राजनीतिक व्यवस्थापन गर्न नसक्दा अवसर हुँदाहुँदै पनि देश विकास हुन नसकेको उनको तर्क छ । अरुण तेस्रो परियोजना निर्माणको प्रसंग जोड्दै उनले भने, ‘०५१ सालमा एमालेले अरुण तेस्रो परियोजना रोक्यो । त्यो परियोजना नरोकिएको भए ५६ सालमा सम्पन्न हुन्थ्यो। आज हामीले भारतबाट बिजुली किनेर उज्यालो प्राप्त गर्ने स्थिति रहँदैन थियो। केपी ओलीजीहरूको कारणले नेपालको विकास २५ वर्ष पछाडि पर्यो ।’

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा कांग्रेसले राजनीतिक शुद्धीकरण र उत्पादनको नीति र योजनासहित जनतामा जानुपर्ने औँल्याए। देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेको र अबको बाटो आर्थिक विकास र गुणस्तर विकास हुनुपर्ने र त्यसको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने उनले बताए। उनले राज्यले दिने हरेक क्षेत्रको सेवा सुविधामा गुणस्तर वृद्धि गर्नुपर्ने बताए।

आर्थिक विकासका लागि उत्पादन पहिलो सर्त भएको बताउँदै उनले कांग्रेसले आफ्नो सम्पूर्ण ऊर्जा उत्पादनमा लगाउनुपर्नेमा जोड दिए। आर्थिक विकासबिना लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै उनले व्यवस्थालाई सवल र बलियो बनाउन अबको नीति उत्पादनमुखी हुनुपर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com