काठमाडौं, निर्वाचन आयोगले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । घोषित मिति अनुसार निर्वाचन आउन अब मात्र ४१ दिन बाँकी छ । चुनावी सरगर्मी पनि सुरु भएको छ । संघीय राजधानी रहेको काठमाडौं महानगरको मूल नेतृत्व सम्हाल्न पार्टीका ट्याग भिरेका देखि स्वतन्त्र दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् ।

विशेष गरेर महानगरको बागडोर सम्हाल्न सत्तारुढ दल नेपाली कांग्रेसबाट आकांक्षीको संख्या बढी देखिन्छ । तीर्थराज डंगोल, हरिप्रभा खड्गी, सबुज बानियाँ, प्रगतिमान रञ्जित, राजुराज जोशी, मुकुन्द रिजाल, नीलकाजी शाक्य, सुसान बैद्य र ईन्द्रलाल सिंह अहिले कांग्रेसमा मेयरका आकाक्षी देखिएका छन् ।

डंगोल २०७४ सालको मेयरको दाबेदार थिए । पूर्वराज्यमन्त्री डंगोल काठमाडौं कांग्रेसको कोषाध्यक्ष हुँदै जिल्ला सभापति बनेका थिए । उनी सभापति देउवासँगै नेता कृष्णप्रसाद सिटौलासँग पनि निकट छन् । महानगरपालिकाका वर्तमान उपप्रमुख हरिप्रभा खड्गी कांग्रेसबाट महानगर प्रमुखको स्वाभाविक आकांक्षी हुन् । २०७४ सालमा भएको चुनावमा कांग्रेसले मेयर पद गुमाउँदा उनी भने विजयी बनेकी थिइन् । ‘म स्वाभाविक उमेदवार हुँ । पार्टी र जनताको प्रतिनिधित्व गरेर मैले काम गरिरहेकी छु,’ खड्गीले भनिन् ‘सम्पदा पुनःनिर्माणदेखि महानगरको हरेक गतिविधिमा मेयरसँग भिडेर काम गरिरहेकी छु । पार्टीले यसको मूल्यांकन गर्नुप¥यो ।’

कांग्रेसको काठमाडौं राजनीतिमा नेता प्रकाशमान सिंह हाबी छन् । खड्गी, डंगोल, जोशी, शाक्य र रिजाल नेता सिंह निकट हुन् । काठमाडौंका एक नेताका अनुसार प्रकाशमानले पत्नी सिर्जनालाई उपमेयरमा अगाडी सारे डंगोलको मेयरमा टिकट पाउँने सम्भावना बढ्छ ।

यता, कांग्रेसका काठमाडौं सभापति सबुज बानियाँ भने सांसद भीमसेनदास प्रधानलाई नै मेयरमा अघि सार्न चाहन्छन् । सबजुको दाउ भिमसेनदास मेयरमा उठेमा आफु सांसदमा उठ्ने छ । अहिलेसम्म भिमसेन दासले भने सांसद पद त्यागेर महानगरको प्रमुखमा उम्मेदवारी दिने रुचि नदेखाएको अर्का एक नेताले बताए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्