गोरखा, शुक्रबार, १९ चैत्र २०७८ । स्थानीय तहको चुनाव नजिकदै गर्दा काठमाडौं महानगरपालिका र विभिन्न नगरपालिकाहरुमा मेयर तथा उपमेयरमा उम्मेदवारी दिन आकांक्षा देखाउनेहरुमा विभिन्न क्षेत्रका ब्यक्तिहरुको आकांक्षा वढ्दै गएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा सरस्वती भट्टले आफ्नो तर्फबाट उप-मेयरको दाबी गर्नु भएको छ । नागार्जुन नगरपालिकामा नेपाली कांग्रेस पार्टीबाट उप-मेयरमा आफ्नो शसक्त रुपमा दाबी गर्नु भएको हो । आसन्न निर्वाचनमा नागार्जुन नगरपालिकामा मेयरका लागि आकांक्षा मोहन बस्नेत उपमेयरमा रिता दवाडी, कल्याणी खड्का लगायत अन्य व्यक्तिको आकांक्षा रहेको छ ।

गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं जिल्लाको नागार्जुन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो । काँग्रेसका मोहन बस्नेत ६९६१ मतसहित विजयी हुनु भएको थिय । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका कृष्णहरि खत्रीले ६७२६ मत प्राप्त गर्नु भएको थियो ।

उपमेयर एमालेले जितेको थियो । एमालेकी सुशीला अधिकारी ६८७१ मत पाएर विजयी हुनु भएको थियो । काँग्रेसकी कल्याणी खड्काले ६७९१ मत प्राप्त गर्नु भएको थियो ।

गोरखाको अजिरकोट गाउँपालिका वडा नं ३ भच्चेकमा जन्मनु भएकी भट्ट परिवारको साथ सहयोग र हौसलाका कारण सानै उमेरदेखि राजनीतिमा चाख राख्दै अधि बढने क्रममा ज्ञान ज्योति मा बि स्कूल इकाई बाट आफ्नो राजनीति यात्रा सुरु गर्नु भएको भट्टले दुइ कार्यकाल सफलता पुर्वक सम्पन्न गर्नु भयो । साथै, उहाँले एक कार्यकाल जिल्ला छात्रा बिभागमा बिताउनु भयो ।

पद्म कन्या क्याम्पसको उपसभापति हुदैँ इचंगुनारायण गा बि स इकाइमा आफ्नो महत्वपुर्ण जिम्मेवारी २ कार्यकाल सम्पन्न गर्नु भयो । कांग्रेसको राजनीतिमा जस्तो सुकै अवस्थामा पनि अत्यन्तै उत्साह, जोस र जाँगरका साथ सहभागी भई चट्टान झैं खडा हुनुहुन्थ्यो । नेपालको जनआन्दोलन २०६२/२०६३ वा जनआन्दोलन २ नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो जुन १९ दिनसम्म चलेको आन्दोलनमा पटक पटक घाइते हुनु भयो ।

देशमा भएको निर्वाचन बि स २०६४ – २०७० र २०७४ मा सम्पन्न भएको निर्वाचनमा महिला संयोजकको रुपमा कार्य गर्दै हालै सम्पन्न भएको नेपाली कांग्रेसको १४ औँ महाधिबेशनमा काठमाडौँ ७ बाट महाधिबेशन प्रतिनिधि रहनु भएको थियो ।

राजनीतिक यात्रासंगै सरस्वती भट्ट समाजसेवामा पनि क्रियाशील रहदै आउनु भएको छ । उहाँ महिलाको साथी नेपालको अध्यक्ष, सामुदायीक सेवा केन्द्र नागार्जनको पूर्व सचिव, गैरी गाउँ महिला जागृति आमा समुहको सस्थापक, जलेश्वर जागृति आमा समुहको सल्लाहकार, वडा नागरिक मंचको उप संयोजक, एकीकृत योजना तर्जुमा समिति नागार्जुन नगरपालिकाको सदस्य लगायत अन्य विभिन्न सामाजिक क्षेत्रमा आफुले पाएको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गरेको बताउनु भयो ।

साथै, नेपालमा बि स २०७२ सालमा गएको भूकम्पका बेलामा सहयोग गर्नु भएको थियो । त्यसैगरी, बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिमा महिलाको साथी नेपाल मार्फत पाच हजार भन्दा बढी महिला दिदिबहिनीहरुलाई सिलाइ सम्बन्धी तालिम, मैनबत्ति तालिम, ब्युटिसियन तालिम मान्टेस्वरी तालिम, भुकम्प निरोधक क्षमता बिकाश, व्यक्तित्व बिकाश, लिडरशिप, उद्घोषण तालिम, रचनात्मक तालिम, औपचारिक शिक्षा लगायत विभिन्न समयमा प्राथमिक, माध्यमिक, उच्च शिक्षामाअध्यापन, प्राध्यापनमा संग्लग्न रही अन्य विभिन्न सामाजिक कार्यमा आफ्नो महत्वपुर्ण योगदान गर्नु भयो ।

समाजसेबी, राजनीतिज्ञ सरस्वती भट्टले त्रिभुवन बिश्व बिधालयबाट अङ्ग्रेजी साहित्यमा एम ए , पोखरा बिश्व बिधालयबाट एम फिल गर्नु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्