Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२१:४१ दिउँसो
- ADVERTISEMENT -

निर्वाचनको कार्यभार सम्पन्न गर्न गठबन्धन आवश्यक : सञ्चारमन्त्री

प्रकाशित मिति: २०७८ चैत १५, मंगलबार

639
Shares

काठमाडौँ, मंगलबार, १५ चैत्र २०७८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताउनु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सोमबार सम्बोधन गर्दै प्रभावशाली नेता कार्कीले गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र देशलाई समृद्धिको बाटोमा अघि बढाउनु रहेको प्रष्ट पार्नु भएको हो ।
सञ्चार मन्त्री कार्कीले अब तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर लोकतन्त्रलाई अझ सुदृढ र समृद्धिको यात्रालाई अझ सहज बनाउनुपर्ने महत्त्वपूर्ण कार्यभार रहेको पनि स्मरण गराउनुभयो ।

उहाँले त्यो कार्यभार सम्पन्न गर्नका लागि गठबन्धनबीचको सहकार्य र सहयात्रा आवश्यक रहेको बताउँदै त्यसका लागि काँग्रेसको अगुवाइ तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अभिभावकीय नेतृत्वबाट मात्रै सम्भव हुने उद्घोष गर्नुभयो ।

मन्त्री कार्कीले अत्यन्त विशिष्ट परिस्थितिमा विशिष्ट उद्देश्यका लागि यो गठबन्धन स्थापना भएको बताउँदै यसको अभिप्राय सत्ता प्राप्ति नरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “मुलुकको राजनीतिलाई नियमित लिकमा फर्काउने, आवधिक निर्वाचनलाई सुनिश्चित गरेर मुलुकलाई राजनीतिक स्थिरतातर्फ उन्मुख गराउने र देशलाई समृद्धिको बाटोमा हिँडाउनु नै गठबन्धनको खास उद्देश्य थियो । अहिले पनि हाम्रो यात्रा त्यही उद्देश्यबाट निर्देशित छ ।” उहाँले गठबन्धनको स्थापनासँगै मुलुकले भोगिरहेको जटिल र गहिरो सङ्क्रमणको अन्त्य भएको उल्लेख गर्दै सम्भावित अस्थिरताको डरलाग्दो शृङ्खला भए पनि त्याे समाप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुक लिकमा फर्कियो । यतिबेला स्थिर सरकारको प्रभावकारितासँगै आमजनताले पनि सहजताको महसुस गर्न थालेका छन् ।”

अहिले काँग्रेसले पाएको जिम्मेवारी सामान्य नरहेको बताउँदै मन्त्री कार्कीले यो सिङ्गो मुलुकले सुम्पेको निकै विशिष्ट प्रकारको जिम्मेवारी रहेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “काँग्रेसको अगुवाइ र सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वलाई पाँच दलले मात्र होइन, सिङ्गो मुलुकले पनि स्वीकारेको छ । र, विश्वास गरेको छ । यो ऐतिहासिक अवसर पनि हो ।”

उहाँले यो विशिष्ट जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेर काँग्रेसलाई पुरानै बलियो अवस्थामा फर्काउने र मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक उन्नतितिर डो-याउने लक्ष्यका साथ अझै एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले जस्तोसुकै कठिन र असहज परिस्थितिमा नेतृत्वदायी भूमिका निर्वाह गरेर मुलुकलाई सही दिशा प्रदान गर्न सक्ने प्रधानमन्त्री देउवाको उच्चस्तरको राजनीतिक सुझबुझ, परिपक्व एवम् दुरदर्शी नेतृत्व र अभिभावकीय भूमिकालाई यतिबेला सिंगो मुलुकले सराहना गरेको प्रष्ट पार्नुभयो । साथै यो सिङ्गो काँग्रेसका लागि महत्त्वपूर्ण पुँजी भएको उहाँले उल्लेख गर्नुभयो ।

सरकारले कारोना संक्रमणको रोकथामसँगै सुशासन स्थापना र समृद्धिको दिशामा थुप्रै महत्त्वपूर्ण काम गरेको बताउँदै मन्त्री कार्कीले राज्य संयन्त्र र संवैधानिक निकाय भूमिकासमेत राजनीतिक छायाले थिचिएको, राज्य पद्दति खलबलिएको र राज्य संयन्त्र पनि प्रभावहीन बन्दै गएको असहज अवस्थाको अन्त्य भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “स्थिर सरकारको गठनसँगै राज्य संयन्त्रले पनि प्रभावकारी रुपमा काम गर्न थालेको छ । र, संवैधानिक निकायहरूले पनि आफ्नो स्वतन्त्र भूमिका निर्वाह गर्न पाएका छन् ।” यसबीचमा गठबन्धनलाई फुटाउने, भत्काउने र अलमल्याउने अनेक प्रयास र प्रहार भएको उल्लेख गर्दै मन्त्री कार्कीले अनेक प्रश्न, आशङ्का र अनुमान उब्जिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाँच दल सँगै हिँड्ने क्रममा कहिलेकाही अप्ठ्यारा आउनु र मतभिन्नता हुनु स्वाभाविक हो । तर, हामीबीचको हार्दिक संवाद र विश्वासले गर्दा गठबन्धनको जग कहिल्यै धरमराएन ।”

मन्त्री कार्कीले सत्ता साझेदार दलको साझा उद्देश्य रहेको बताउँदै आपसी सहमति र विश्वासका साथ अघि बढिरहेको स्पष्ट पार्नुभयो । उहाँले यो सहयात्राको निरन्तरता आगामी निर्वाचन र त्यसपछिका राष्ट्रिय मुद्दामा पनि आवश्यक हुनसक्ने विचार व्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -