गोरखा, आइतबार, १३ चैत्र २०७८ । नेपाली कांगेस महासमिति सदस्य तथा गण्डकी प्रदेश सांसद मन कुमारी गुरुङले एक कार्यक्रमका बिच पार्टी प्रबेश गराउनु भएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका वडा न ४ उपल्लो कमलबारी, तल्लो कमलबारी, अमराई चोरकाटे कुमाल गाउँबाट करिव ५५ जनालाई नेपाली कांग्रेसमा प्रवेश गराउन सफल हुनु भएको हो ।

परोपकार महिला समूहका अध्यक्ष सानु माया कुमाल लगायत केही सदस्यहरु, जनकल्याण महिला समूहका केही सदस्य सुमित्रा कुमाल, सुष्मा कुमाल चीज कुमाल लगायत अन्य सदस्यहरु, मनकामना महिला समूहका केही सदस्यहरु शुशिल कुमाल, चिनी माया कुमाल लगायत अन्य सदस्य गरी ५५ जना आज नेपाली कांग्रेसमा प्रवेश गराउनु भएको हो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस पार्टी गोरखाका पूर्व जिल्ला सदस्य सी पी पोखरेल, पार्टी सभापति भरत हमाल, उप सभापति टोप बहादुर कुमाल, शान्ति कुमाल, बाबा श्रेष्ठ, मदन श्रेष्ठ, गणेश श्रेष्ठ, शिक्षक संघ गोरखाका प्रतिनिधि राम काजी श्रेष्ठ लगातय अन्य महानुभावको उपस्थिति रहेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्