गोरखा, आइतबार, १३ चैत्र २०७८ । जनता समाजबादी पार्टी गोरखाले आउदो स्थानिय निर्वाचनमा उम्मेदवार बन्ने उम्मेवारहरुको नामावली यही चैत्र १५गतेसम्म पार्टी कार्यालयमा पठाउन निर्देशन दिएको छ ।

पार्टीको प्रदेश कमिटी बैठकले गरेकाे निर्देशन अनुसार जिल्लाले आगामी बैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार बन्न चाहनहरुको नामावली यही चैत्र १५ गते भित्र पार्टी कार्यालयमा पठाउन स्थानिय तहलाई निर्देशन दिएको जसपा गोरखाका जिल्ला सचिव बिपिन चन्द्र ढकालले जानकारी दिए ।

सचिव ढकालका अनुसार जिल्लाको ११ वटै पालिकालाई उम्मेदवार छनौट गर्दा पार्टी केन्द्रिय कमिटीले निर्धारण गरेको स्थानिय निर्वाचन कार्यबिधीमा रहेको उम्मेदवार छनौट कार्यबिधीलाइ पूर्ण पालना गर्न निर्देशन समेत दिईएको छ । साथै उम्मेदवार छनौट गर्दा सम्बन्धित तहको कमिटीको बैठक बसी माथिल्लो तहका कमिटीमा रहेका र मतदाता सोही ठाउँमा भएका नेतृत्वको समेत उपस्थितीमा छनौट गर्न निर्देशन जारी गरिएको छ ।

जसपाको आजको बैठकले उम्मेदवार छनौटमा तलमाथी नहोस भन्नका लागि स्थानिय तहमा भएको निर्णयका कपी समेत जिल्लामा पठाउन भनेको सचिव ढकालले जानकारी दिए ।

जिल्लामा स्थानिय तहको निर्वाचन नजिकीदै गर्दा केही राजनैतिक दलहरुले आफ्नो गतिविधीलाई तिब्रता दिन थालेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्