काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गठन गरेको छ ।
बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदिप ज्ञवाली,विष्णु रिमाल,नेताहरु देवेन्द्र दाहाल,मनोजजंग थापा,पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजिवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवाली छन् ।