- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

देशैभरी चुनावी तालमेलको गृहकार्य

March 23, 2022
500
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, बुधबार, ९ चैत्र २०७८ । एमालेको पक्षमा जनलरह थप बढेको निष्कर्ष निकाल्दै त्यसको सामाना गर्न सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा सबै ठाउँमा गठबन्धन गर्ने प्रक्रिया अघि बढाएका छन् ।

गठबन्धनका विभिन्न विकल्पमा छलफल गर्दा नेकपा एसका अध्यक्ष माधव नेपालले आफ्नो आकार भन्दा कयौं गुणा बढी भाग खोजेकोले प्रक्रियाले मुर्त रुप नलिएको नेताहरुले जनाएका छन् । नेपालले अघिल्लो निर्वाचनमा एमालेले जितेको सबै तहहरुमा आफ्नो पार्टीले उम्मेद्वारी पाउनु पर्ने अडान लिनुभएको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डले हाल समाजवादीमा रहेका स्थानीय तहका जनप्रतिनिधिका आधारमा मात्र भाग पाउने बताए पछि नेपालले आफूलाई यो शर्त स्विकार्य नहुने बताउनुभएको छ ।

प्रचण्डले एमालेले जितेका ठाउँमा गठबन्धन गरौं भन्ने प्रस्ताव गरे पनि देउवाले खासै प्रतिक्रिया नदिएको गठबन्धनका एक नेताले जानकारी दिए । ति नेताका अनुसार अहिले पनि अघिल्ले चुनावको तथ्यांक विष्लेषणमा हुनुहुन्छ । विज्ञको टिम खटाएर अघिल्लो निर्वाचनमा एमालेले जितेका स्थनमा काँग्रेस कति मतले हारेको,माओवादीले जितेका ठाउँमा कति मतले हारेको जस्ता तथ्यांक निकाल्न काम दिइएको छ । उक्त तथ्यांकका आधारमा आफ्नो बार्गेनिंग कसरी बढाउने भनेर देउवा आन्तरिक छलफलमा पनि रहेको काँग्रेस स्रोतले जनाएको छ ।

तथापी गठबन्धन दलहरुले एउटा उच्च स्तरीय संयन्त्र बनाएर देशैभरी गठबन्धन गर्नलाई कार्यविधी बनाउन सहमत छन् । अहिले पनि एमालेको पक्षमा जनलहर बढी रहेकोले त्यसको सामाना गर्न एक्लै नसकिने गठबन्धनका आवद्ध दलको साझा निष्कर्ष छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com