Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:२३ दिउँसो
- ADVERTISEMENT -

गण्डकी गाँउपालिका अध्यक्ष पदका लागि कांग्रेसबाट श्याम प्रसाद लामिछानेको दाबी

प्रकाशित मिति: २०७८ चैत ९, बुधबार

2395
Shares

गोरखा, बुधबार, सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । २०७८ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेछ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै गोरखा जिल्ला स्थित विभिन्न दलहरुले चुनावको सरगर्मी गाउँ–गाउँमा बढाऊन थालेका छन । प्राय सबै स्थानिय तहहरुमा उमेद्धवारहरुको चर्चा परिचर्चा हुन थालिसकेको छ ।

गोरखाका स्थानीय तहहरुमा उमेद्धवारको आकाङ्क्षीहरु देखिन थालेका छन् । प्राय: जसो स्थानीय तहहरुमा पुरानै अनुहारहरु दोहोरीने अनुमान काग्रेस भित्र हुदै आएको भएपनि गण्डकी गाउँपालिकामा भने यस पटक आम नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले पार्टीले नयाँ अनुहार उमेद्ववार दिन पर्ने धारणाहरु राख्दै आएका छन् ।

आम पार्टी कार्यकर्ता र शुभचिन्तकहरुको मनोभावना बुझेर साबिकको ताङलीचोक गाविस हाल वडा नम्बर २ निवासी लामो समय शिक्षक पेशामा आबद्ध रहेर लोकतन्त्र, प्रजातन्त्रका लागि निरन्तर संक्रिय रुपमा काम गर्दै आउनु भएका शिक्षक संघको कर्मठ सदस्य, ट्रेड युनियन कांग्रेस गोरखाका पुर्व सचिव तथा अध्यक्ष, हाल नेपाल ट्रेड युनियन काग्रेसको महाधिवेशन प्रतिनिधि तथा बालश्रम विभागको केन्द्रिय सह-अध्यक्ष, वि.सं २०५४ साल देखि नेका को सक्रिय सदस्य नेपाली कांग्रेसको १४ औ महाधिवेशनका प्रदेश अधिवेशन प्रतिनिधि हुदै हालै नेपाली काग्रेस गण्डकी प्रदेशका मनोनित आमन्त्रित सदस्य समेत हुनु भएका श्याम प्रसाद लामिछाने नेपाली कांग्रेस पार्टीले आफुलाई गण्डकी गाँउपालिका अध्यक्ष पदका लागी पार्टीले जिम्मेवारी दिनपर्ने र दिएमा जनताको घर दैलोमा गएर योजना निर्माण गरि बाकी समय सिन्गो गाँऊपालिकाको विकाश र समृद्धीको लागी आफुले एउटा ईट्टा थप्दै पार्टी र संगठनलाई थप बलियो बनाउने कार्यमा आफु क्रियाशिल हुने विषय जानकारी गराउनु भएको छ।

उता गण्डकी गाँउपालिका कांग्रेसबाट अध्यक्ष भएका नेपाली कांग्रेस गण्डकी गाँउपालिका पार्टी सभापति समेत रहेका होम बहादुर राना मगर आफुले पाँए पुन दोहोर्याऊने दाँउमा रहेपनि पार्टीका महामन्त्री गगन कुमार थापा देखि केन्द्रिय नेताहरुले सार्वजनिक सभाहरुमा राखेका धारणा पार्टीको पालिका नेतृत्वमा रहेका साथीहरु उमेद्ववार हुन नहुने विषय लागु भएमा पार्टीको नै जिम्मेवारी समाल्नु पर्ने हुनाले उम्मेदवार हुन नपाउने निश्चित देखिन्छ ।

संगै गण्डकी कांग्रेसमा एक व्यक्ति एकपदिय जिम्मेवारी हुन पर्ने विषय समेत केहि महिना अगाडि मात्र गण्डकी गाँउपालिका काग्रेसको अधिवेशनमा चर्चाको विषय बनेको थियो ।

सोहि अधिवेशनबाट सभापति भएका राना मगर सो समयमा पार्टी सभापती हुन आम कार्यकर्ता देखि सभापति का प्रत्यासी दिनेश पन्त संग भएको मौखिक सहमती आफु पुन गाँऊपालिकाको अध्यक्ष नहुने र नयाँ साथीहरु लाई सहयोग गर्ने प्रतिबद्धता समेत गरेको कारणले राना अध्यक्षको रिङग बाट बाहिर भएको विषय चर्चा,परिचर्चा हुदै आएको छ ।

पाका उमेरका काग्रेसहरु माझ देखि युवाहरु सम्मको विश्वासिलो पात्रको रुपमा रहनु भएका लामिछाने मानव अधिकार तथा शान्ति समाज गोरखा जिल्ला शाखा अध्यक्ष देखि केन्द्रिय सदस्यको भुमिकामा रहेर निरन्तर देश र समाजका लागी काम गर्दै आऊनु भएको जानकारी हुन आएको छ ।

लामिछानेले आफु लामो समय शिक्षण पेशामा आबद्ध भएर शिक्षाको ज्योती छर्ने काममा व्यस्त भएको र अब बाकी समय गाँउ, समाज र देशको विकाश र समृद्धीको लागी थोरै योगदान पुर्याऊने ऊदेश्यका साथ “यस पटक,एक पटक” गाँउपालिकाको नेतृत्व गर्ने अवसर दिन जिल्ला पार्टी देखि केन्द्रिय नेतृत्वहरु संग समेत आन्तरिक छलफल र संवाद गर्नु भएको बुझिन्छ ।

लामिछानेलाई वडा बाट वडा सभापतिहरु लगाएत पार्टीका आम क्रियाशिल साथीहरुले अगाडि बढ्न अनुरोध गर्दै शुभेच्छा प्रकट गर्नु भएको समेत जानकारी हुन आएको छ ।

सरल र स्वच्छ छबी भएका लामिछाने कांग्रेसबाट सबै भन्दा बलिया गाँउपालिका अध्यक्ष पदका प्रतिस्पर्धी हुने समेत चर्चा परिचर्चा हुदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -