- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

स्थानीय तहको उम्मेदवार चैत मसान्तभित्रै टुंग्याउँछौं : प्रवक्ता महत

March 20, 2022
655
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, आइतबार, ६ चैत्र २०७८ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्रै पार्टीका उम्मेदवार टुंगो लगाउने बताउनु भएको छ ।

सल्यानमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले विधान अनुसार पार्टीका विभिन्न तहका समितिले चैत मसान्तभित्रै उम्मेदवार टुंगो लगाउने बताउनु भएको हो । ‘यसपटक विगतमा भए जस्तो उम्मेदवारी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन । निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा केन्द्रित छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गर्छौं’ उहाँले भन्नुभयो ।

पार्टीका तल्लो तहका समितिले उम्मेदवार टुंग्याउन नसकेर विवाद भएमा केन्द्रले उम्मेदवार चयन गर्ने पनि प्रवक्ता महतले बताउनु भयो । ‘जुन तहको उम्मेद्वारी हो, त्यहीं टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ’ उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसले आरम्भ गरेको “घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं” भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी नागरिकसँग जोडिन पनि डा. महतले पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँले स्थानीय चुनावमा स्थानीय आवश्यकताका आधारमा गठबन्धन बन्ने पनि बताउनु भयो । यद्यपि यसबारे निर्णय पार्टीको ११ चैतमा बस्ने बैठकले निर्णय गर्ने पनि उहाँले भन्नुभयो । ‘एक्लै लड्दा बढी जितिन्छ भन्ने देखियो भने त्यही गरौं, सहकार्य गर्दा बढी सिट जितिने भयो भने त्यसको आधारमा होला’ प्रवक्ता डा. महतले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com