Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०१:५१ दिउँसो
- ADVERTISEMENT -

तेहेरो अंकले बढ्यो नेप्से परिसूचक

प्रकाशित मिति: २०७८ फागुन २९, आइतबार

634
Shares

काठमाडौं । बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेसँगै सेयर बजारमा पनि हरियाली देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ३.९४ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार सुरुवातबाट नै वृद्धि भएको नेप्से बीचमा केही उतारचढाव देखिए पनि १०१.०७ अंकले वृद्धि भएर २६६७.९७ अंकमा बन्द भएको छ । नेप्सेसँगै  ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १६.३७ (३.३२ प्रतिशत) ले वृद्धि भएर ५०९.९० अंकमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । पछिल्लो केही समययता दुईदेखि तीन अर्बको वरिपरि रहेको कारोबार रकम बढेर आज चार अर्ब ८७ करोड पुगेको छ ।

आज बजारमा १९२ कम्पनीको सेयर कारोबार भएकोमा १८८ कम्पनीको  सेयर मूल्य बढेको छ भने चार कम्पनीको सेयर मूल्य मात्रै घटेको छ ।

अपी पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, युनाइटेड इदी मादी एन्ड आरबी कम्पनी र आईसीएफसी फाइनान्स कम्पनीको  सेयर मूल्यमा सामान्य गिरावट भएको छ ।

एसियन लाइफ, ज्योति लाइफ, सानिमा लाइफ, इमर्जिङ नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

आज बजारमा कारोबार भएका मध्ये शिवम् सिमेन्टको सर्वाकि ३४ करोडको कारोबार हुँदा अपी पावरको र ३० करोडको सेयर कारोबार भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गएको र चैतमा निक्षेपको ब्याजदर नबढाउने सहमतिले पनि बजारमा सकारात्मक प्रभाव परेको हो ।

यस्तै, कतिपय कम्पनीको सेयर मूल्य तल्लो विन्दुमा झरिसकेकोले  दीर्घकालीन लगानीकर्ताले बजार प्रवेश गर्ने अवसरका रूपमा लिँदा समेत  बजार सकारात्मक बनेको बुझाइ लगानीकर्ताको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -