काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रिय सिमाना अतिक्रमण भइरहँदा पनि सरकार मौन बसेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दार्चुलामा भारतीय पक्षले महाकाली नदीमा एकलौटी तटबन्ध बनाउँदा पनि सरकार गुपचुप बसेको बताए ।
“कालापानीमा भारतीय सेना यथावत् छ । लिपुलेकमा भारतले बाटो बनाइरहेको छ,” उनले भने, “दार्चुलामा महाकाली नदी पाँच मिटर अतिक्रमण गरेर नौ मिटर उचाइको पाँच किमि बाध बनाउँदै छ । हाम्रा मन्त्रीहरू के गर्दै छन् ? प्रममार्फत के भइरहेको छ ? सीमा सुरक्षा भइरहेको छ कि छैन ? म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”