गोरखा : गोरखाको सबै स्थानीय तहमा चुनाव केन्द्रित कार्यक्रम तय गरेको नेपाली कांग्रेस गोरखाले शनिवार भीमसेन थापा गाउँपालिकामा पालिका स्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ । घरघर जाउँ कांग्रेस जिताऔँ अभियान अन्र्तगत अधिकासं पालिकामा कार्यक्रम सकिएको कांग्रेसका प्रबक्ता भगबानबाबु मास्केले बताए ।
गाउँपालिका पार्टी सभापति नारायण भट्टराईको अध्यक्षतामा शनिवार घ्याम्पेशालमा भएको कार्यक्रममा प्रमुख अथिति केन्द्रिय सदस्य गोरखाका लागि केन्द्रिय प्रतिनिधि नानु बास्तोला, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डे, आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहाल, प्रदेश सांसद मनकुमारी गुरुङ, क्षेत्र नम्बर १ का सभापति नारायण लामिछाने, क्षेत्र ख का सभापति ठाकुर भट्ट लगायतले मन्तब्य राखेका थिए ।
पालिका स्तरीय चुनावी अभियानका क्रममा स्थानीय निर्वाचन लक्षित पार्टीको गतिविधी, एमसिसीको बारेमा जनतालाई बुझाउनुपर्ने विषय, जनताको मन जित्ने गरी कार्यक्रम तय गर्न नेताहरुले निर्देशन गरेका क्षेत्रिय सभापति नारायण लामिछानेले बताए । सोही अवसरमा पार्टीको गाउँ पालिका कार्यालय पनि उद्घाटन गरिएको प्रवक्ता मास्केले बताए ।
- ADVERTISEMENT -