Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४०:०९ बिहान
- ADVERTISEMENT -

कांग्रेसमा ७७ वटै जिल्लामा एकसाथ सुरु हुँदै चुनावी अभियान

प्रकाशित मिति: २०७८ फागुन २९, आइतबार

507
Shares

काठमाडौं । कांग्रेसले आजबाट ७७ वटै जिल्लामा एक महिने चुनावी अभियान सुरु गर्दैछ । आजबाट चैत २९ सम्म कांग्रेसले स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्ने तयारी स्वरुप अभियान गर्न लागेको हो ।

कांग्रेसले यसपटकको अभियानलाई घरघर जाऔं, कांग्रेस जिताऔं नाम दिएको छ । जुन कार्यक्रम अनुसार प्रदेशदेखि टोलसम्म नेता कार्यकर्ता पुगेर पार्टीका पक्षमा माहोल बनाउने कांग्रेसको भनाई छ ।

दिउसो १ बजे सभापति शेरबहादुर देउवाले केन्द्रबाट यो कार्यक्रमको सुरुवात गर्ने जानकारी प्रवक्ता डा. प्रकाशशरण महतले दिए ।

कांग्रेसले केन्द्रीय प्रतिनिधि, प्रदेश, जिल्ला, क्षेत्रीय समिति, प्रदेश क्षेत्र, पालिका, वडा र टोलसम्मकै कार्यसमितिहरूलाई जिम्मेवारी दिएरै अभियानमा उतार्ने भएको छ ।

यसका लागि कांग्रेसले घोषित रुपमा कार्यक्रम घोषणा गरेर जनताको घरदैलोसम्मै पुग्ने रणनीति लिएको प्रवक्ता महत बताउँछन् ।

अभियान अन्तर्गत अघिल्लो सरकारले गरेका गलत कदमको भण्डाफोर, कांग्रेस सरकारले गरेका प्रभावकारी कामको प्रचार, स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने आधार, एमसिसीबारे सकारात्मक पक्ष बुझाउनेसहितका कार्यक्रम समेटेको छ ।

पार्टीले केन्द्रीय नेतालाई केन्द्रीय प्रतिनिधि बनाएर जिल्ला जिल्ला खटाएको हो । जिल्लाबाट आउँदा उनीहरूले प्रतिवेदनसमेत बुझाउनुपर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -