काठमाडौँ– अवैध औषधिसहित झापाबाट एक युवक र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
इलामबाट झापातर्फ आउँदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यूको बोराले छोपेर अवैध औषधि ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडीसहित चालकलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले इलाम सुर्योदय नगरपालिका–३ बस्ने ३० वर्षीय सइन्द्र राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी बसन्त पाठकका अनुसार पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी अनुसन्धान भइरहेको छ।








































