नयाँ दिल्ली : दिल्लीको गोकुलपुरी क्षेत्रमा शुक्रबार राति आगलागी भएको छ । यस क्षेत्रमा घना बस्ती छ। आगलागीमामा सात जनाको मृत्यु भएको खबर बीबीसी समाचारमा छ।
उत्तर पूर्व दिल्लीका अतिरिक्त डीसीपीका अनुसार गोकुलपुरी पीएस क्षेत्रमा करिब राती १ बजे आगो लागेको थियो। उद्धार टोली तुरुन्तै त्यहाँ पुग्यो। उनले करिब ४ बजे आगो नियन्त्रणमा आएको बताए।
उनले उक्त दुर्घटनामा ३० घर जलेका र सात जनाको ज्यान गएको बताए ।
राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले आफू गोकुलपुरी गएर पीडितलाई भेटेर अवस्थाको जानकारी लिने बताएका छन् ।