- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

माओवादीको केन्द्रीय समिति बैठक आज पनि, के-के छन् एजेण्डा ?

March 6, 2022
584
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, आइतबार, २२ फागुन २०७८ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । राष्ट्रिय सभा गृहमा बस्ने आइतबारको बैठक कार्ययोजना र सङ्गठनको पूर्णतामा केन्द्रित हुनेछ ।

गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएपछि अब बैठकको कार्यसूची केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा प्रवेश गर्ने भएको हो ।

व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट रहेका नेता नारायणकाजी श्रेष्ठसँगै देव गुरुङ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले शुक्रबारको बैठकमा एमसीसी राष्ट्रघाती भएको लिखित असहमति पेस गरेका थिए ।

बैठक शुक्रबारदेखि सुरु भए पनि गृहकार्य गर्नका लागि भन्दै शनिबारको दिन बैठक स्थगित गरिएपछि आजबाट सङ्गठनलाई पूर्णता दिने तयारी छ । पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २३६ केन्द्रीय सदस्य चयन गरेर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो । माओवादीको विधानमा केन्द्रीय समिति २९९ सदस्यीय हुने उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसपछि पुस १९ गतेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । अन्य पदाधिकारी हालसम्म चयन भएका छैनन् । माओवादीमा निर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com