Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२८:४४ दिउँसो
- ADVERTISEMENT -

सभामुखको बहिगर्मन या १४ सांसदमाथिको कारबाहीको सर्त तेर्स्याए

प्रकाशित मिति: २०७८ फागुन १३, शुक्रबार

617
Shares

काठमाडौं, शुक्रबार, १३ फागुन २०७८ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेकपा एमालेले एमसीसीजस्तो राष्ट्रिय स्वार्थको विषयलाई आफ्नो दलगत स्वार्थसँग जोड्न नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “एमसीसी नेपाली कांग्रेसको मात्र विषय होइन, यो एमालेको पनि विषय हो । समग्र राष्ट्रिय स्वार्थको विषय हो । यही मौका छोपेर एमालेले आफ्नो स्वार्थलाई प्रधान बनाएको छ । सभामुखको बहिगर्मन या १४ सांसदमाथिको कारबाहीको सर्त तेर्स्याएको छ । यो त्यति उचित होइन ।”

उनले पुरानो गठबन्धन भत्किने र नयाा गठबन्धन बन्ने प्रक्रिया स्वाभाविक भएको पनि औंल्याए । उनले थपे, “सरकारमा पनि रहिरहने, एमसीसीमा मतदान पनि गर्ने दलहरुको द्वैध नीतिका कारण भइरहेको गठबन्धन भत्किने स्थिति छ, नयाँ बन्ने प्रक्रियामा छ । अब एमाले र कांग्रेस सहकार्य असम्भव रहेन, सम्भव भनेर सहमति भइसकेको अवस्था पनि छैन । संवाद सुरु भएको छ, निष्कर्ष निस्केको छैन ।”
एमसीसीजस्तो राष्ट्रिय मुद्दामा सत्तामा छँदा एउटा, बाहिर छँदा अर्को मापदण्ड बनाउन नमिल्ने पनि कांग्रेस नेता पौडेलको जिकिर छ । उनले भने, “एमसीसी अहिले संसद्मा टेबुल भएको छ ।

संसद्मा रहेका राजनीतिक दलहरुले यो राष्ट्रको हितमा छ कि छैन भन्ने बहसलाई आफ्नो प्राथमिकतामा राख्नुपर्ने हो । तर दलहरुले सत्तामा जाँदा एउटा र नहुँदा फरक फरक मापदण्ड बनाउनु उचित होइन । मौका यही हो भनेर अरु विषय ल्याउनु पनि स्वाभाविक होइन । तर, एमालेका विषयमा छलफलै हुँदैन, नयाँ गठबन्धन बन्दैन भन्ने कुरा छैन ।”

नयाँ गठबन्धन बनेको अवस्थामा सरकारको नेतृत्वमा नेपाली कांग्रेसको दाबी स्वाभाविक हुने पनि उनले बताए । उनले भने, “नयाँ गठबन्धन बन्दा सम्बन्धित घटकहरुले सर्तहरु ल्याउन सक्छन् । मुख्य काम एकातिर छाडेर आफ्नो स्वार्थमा मात्र केन्द्रित हुन मिल्दैन । पहिले सर्त पूरा गर्नोस् अनि मात्र एमसीसीबारे छलफल हुन्छ भन्न पनि मिल्दैन । पहिले एमसीसीका बारेमा कांग्रेससँग मिल्ने गरी एमाले संस्थागत धारणा आओस् । अनि मात्र सहमति सम्भव छ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -